नेपालको पर्यटन प्रबर्धन गर्दै प्रवासी नेपाली मञ्च अष्ट्रेलिया
बिबिध सामुदायिक र परोपकारी कार्यमा सधै यहाँको समुदाय सँग हातेमालो गर्दै आइरहेको प्रवासी नेपाली मञ्च अष्ट्रेलियाले गत सालको भुकम्प पश्चात नेपालको पर्यटन ब्यबसाय अपेक्षित सुधार नभइ रहेको स्थितिमा पर्यटन प्रबर्धन गर्ने उदेश्यले अष्ट्रेलियाका प्रमुख तीन शहरमा पर्यटन प्रबर्धनत्मक दशैं विशेष कार्यक्रम गर्दैछ । सँस्थाका प्रबक्ता प्रकाश पन्थिले एक प्रेस बिज्ञप्ति जारि गरि सँस्थाको हालै बसेको बैठकले गरेको उक्त निर्णय सार्बजनिक गर्नु भएको हो ।
पन्थिका अनुसार अष्ट्रेलियावासी नेपाली समूदायका विभिन्न दैनिक जीवनका गतिविधिसँग प्रत्यक्ष एकाकार हुँदै नेपालमा पनि विभिन्न क्रियाकलापहरुमार्फत देशका निम्ति लाभदायक विभिन्न कार्यमा संस्थाले हातेमालो गरिरहेको छ, नेपालमा गतवर्ष गएको विनाशकारी भूकम्पको बेला समेत प्रवासी नेपाली मञ्च अष्ट्रेलियाले सहयोगका विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको थियो । विनाशकारी भूकम्प पश्चात मन्द बनेको नेपाली अर्थतन्त्रलाई अग्रगति दिन नेपल घुम्नको लागि सुरक्षित छ भनि ” सेफ नेपाल – भिजिट नेपाल” भन्ने संदेश सहित नेपालको पर्यटन प्रबर्धनको लागि अस्ट्रलियाका तिन शहरहरु सिड्नी, मेलबर्न र ब्रिसबेनमा आगामी अक्टोबर १५, २० र २२ तारिखका दिन संस्थाले दशैं विशेष कार्यक्रम गर्न लागेको हो ।
बिज्ञप्तिका अनुसार कार्यक्रम सिड्नीमा आगामी अक्टोबर १५ तारिखका दिन, ब्रिसबेनमा अक्टोबर २० तारिखका दिन र मेलबर्नमा अक्टोबर २२ तारिखका दिन आयोजना हुदैछ । यसका लागि संगठनका उपाध्यक्ष राम रानाभाटको संयोजकत्वमा मूल समिति गठन गरिएको छ, जसमा मञ्चका सम्पूर्ण सदस्यहरु सदस्य रहनेछन् । त्यसै गरि कार्यक्रमलाई सफल तुल्याउनका लागि प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका उपाध्यक्ष केशव जोशीले सिड्नी, मेलबर्नका लागि उपाध्यक्ष राम रानाभाट र ब्रिसबेनका लागि उपाध्यक्ष रमेश पौडेलले संबन्धित शहरहरुमा कार्यक्रमको संयोजन गर्नुहुनेछ । कार्यक्रमलाई व्यवस्थित रुपमा सञ्चालन गर्न आवश्यक पर्ने आर्थिक व्यवस्थापनका लागि मञ्चका अध्यक्ष रमेश पाण्डेको संयोजकत्वमा सात सदस्यीय कमिटी पनि बनाइएको छ ।
प्रवेश शुल्क २० डलर तोकिएको उक्त कार्यक्रमको मुख्य आकर्षणका रुपमा नेपालबाट कलाकारहरु बद्री पंगेनी, जितु नेपाल, प्रिती आले र मिलन अमात्य सहभागी हुन अस्ट्रेलिया आउदै हुनुहुन्छ त्यसै गरि कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेकपा एमालेका महासचिव ईश्वर पोखरेल पनि अस्ट्रेलिया आउदै हुनुहुन्छ ।
प्रवासी नेपाली मञ्च अष्ट्रेलियाले यस कार्यक्रमको आयोजना नेपाल पर्यटन बोर्ड, नेपाल सरकार पर्यटन मन्त्रालयसहित विभिन्न संघ संस्थाले साझेदारीमा गर्न लागिएको जानकारी गराएको छ । नेपालको पर्यटन प्रबर्धन गर्ने शिलशिलामा नेपालमा उत्पादित स्वदेशी सामग्रीको प्रदर्शनी र सांस्कृतिक कार्यक्रमसहितको यो कार्यक्रमका माध्यमबाट नेपालमा अष्ट्रेलियन पर्यटकहरुलाई आकर्षित गर्दै यसैको माध्यमबाट नेपाली अर्थतन्त्रलाई टेवा दिनका लागि संस्थाले नेपालमा रहेको नेपाल फेष्टिभल प्राईभेट लिमिटेडसँग समझदारी पत्रमा हस्ताक्षर समेत गरेको छ । कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि संस्थाले सदाझैं सम्पूर्ण अष्ट्रेलियावासी नेपाली समूदाय, नेपाली दूतावास क्यानबेरा, अवैतनिक महावाणिज्यदूतको कार्यालय, नवनियुक्त पर्यटनदूतहरुका साथै विभिन्न संघ संस्थाहरु र पर्यटन क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुको साथ, सहयोग र समर्थनको अपेक्षा गरेको छ ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...