रोकियो रानीपोखरीको पून:निर्माण

काठमाडौं- रानीपोखरी पुनःनिर्माणको काम मापदण्ड विपरीत रहेको जनाउँदै पुरातत्व विभागले काठमाडौँ महागरपालिकालाई काम रोक्न निर्देशन दिएको छ ।
हालसम्मको निर्माण कार्य मापदण्ड विपरीत देखिएकाले उक्त संरचना तत्काल भत्काउन पनि निर्देशन दिइएको पुरातत्व विभागमा महानिर्देशक भेषनारायण दाहालले जानकारी दिएका छन् ।
ऐतिहासिक महत्वको बालगोपालेश्वर मन्दिर भत्कनु पूर्व जस्तो अवस्थामा थियो सोही अवस्थामा हुनुपर्ने विभागको भनाई छ । हाल निर्माण गरिएको जति पनि भाग छ ती सबैमा सिमेन्ट, गिट्टी, बालुवा रडलगायतका बस्तु प्रयोग भएकाले विभागले सोमबारदेखि निर्माण कार्यमा रोक लगाएको हो ।
पुनःनिर्माणको जिम्मा लिएको वर्ल्डवाइड कँडेल केएन केजी जेभीका निर्देशक अर्जुन कँडेलले भत्किनुअघि पनि मन्दिरमा कङ्क्रिट प्रयोग भएकाले आफूहरुले अहिले पनि सोहीअनुरुपको सामान प्रयोग गरेको भन्दै नियम विपरीत कुनै काम नभएको दाबी गरेका छन् ।
‘पुरानो मन्दिरको बाहिरी भागमा पिलर राखेकाले अहिले पनि सोहीअनुरुप काम गरेका हौँ, भत्केको र अहिलेको निर्माण भएसम्मको सबै तस्बिर हामीसँग छ, के–कस्ता सामान प्रयोग भएका छन् हेर्न सकिन्छ, कँडेलले भने ।
गत वैशाख दोस्रोसातादेखि शुरु गरिएको पुनःनिर्माणअन्तर्गत मन्दिरमा पिल्लर राख्ने क्रमसँगै पोखरीको बाहिर भागमा पर्खाल लगाउने काम पनि भइरहेको छ ।
रानीपोखरी निर्माणका लागि रु ६ करोड २९ लाखमा ठेक्का पाएकोमा हालसम्म रु एक करोड ५० लाख खर्च भइसकेको सो कम्पनीले जनाएको छ ।
विसं २०७२ वैशाखमा गएको भूकम्पका कारण पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पूर्णरुपमा क्षतिग्रस्त भएको थियो भने मन्दिर वरपरका पर्खालमा पनि आंशिक क्षति पुगेपछि पुरातत्व विभागले काठमाडौँ महानगरपालिकालाई बनाउने जिम्मा दिएको थियो ।
यो मन्दिर भाइटीकाको दिनमात्र खुल्छ, यस वर्ष पनि सर्वसाधारणले मन्दिरमा बसेर टीका लगाउन पाउँछन्, जहाँ दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइ जाने गर्छन्, आउँदो तिहारलाई लक्षित गरेर निर्माणको काम भइरहेको कँडेलले भनाइ छ । रानीपोखरीमा केही वर्षदेखि छठ पर्व पनि मनाउन थालिएको छ ।
पोखरीमा रहेको केही पानी निकालिसकिएको भए पनि वर्षात्को कारणले बाँकी पानी फाल्ने काम गर्न समस्या रहेको निर्माण कम्पनीले जनाएको छ । बर्षा कम भएपछि पानी फल्ने र झन्डै ४०० वर्षदेखि सफा नगरिएको पोखरीको हिलो फाल्ने योजना थियो ।
पोखरीको पुनःनिर्माणअन्तर्गत केही स्थानमा विद्युत् जडान गरी झिलीमिली बनाइने, पोखरी संरक्षणका लागि चारैतिर बार बारिने, बगैँचा बनाइने, हरियाली र रङ्गीन पानीको फोहोरा राखिने महानगरपालिकाको योजना छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...

![e"sDkn] Ifltu|:t /fgLkf]v/L dlGb/sf] k'gMlgdf{0f ul/Fb} . tl:a/ M k|bLk/fh jGt, /f;;](http://www.nepalitimes.com.au/wp-content/uploads/2016/08/rani-pokhari-300x191.jpg)


