झापाली समाज अष्ट्रेलियाले  तीजमा नि:शुल्क बस सेवा संचालन गर्ने 

-- The NTA ?>
IMG_7415हरेक बर्षका तीजहरुमा जस्तै यसपटक पनि  हिन्दु नारीहरूको महान चाड तीजमा झापाली समाज अष्ट्रेलियाले मिन्टो ट्रेन स्टेसन देखि मिन्टो मन्दिरसम्म नि:शुल्क सटल बस सेवा  प्रदान गर्ने भएको छ । मन्दिर स्टेसनबाट धेरै टाढा रहेको हुंदा यो सेवा प्रदान गर्न लागेको झापालि समाजका कोषाध्यक्ष अजय राजबंशिले जानकारि दिनुभयो ।
मिन्टो मन्दिर सिडिनिबासी नेपालिहरु माझ एक प्रख्यात मन्दिर हो, जहां हरेक साल तीज लगायत हिन्दु धर्मालम्बिहरुको पर्बमा भक्तजनहरुको घुइंचो लाग्ने गर्छ । थप जानकारीको लागी झापालि समाजका निम्न पदाधिकारिहरु दिपक चुडाल- ०४२३ ६६३ ५३८, अशोक उप्रेती- ०४१६ ६५४ २८८, अजय राजबंशि- ०४३० ६७४ ४७७ लाई सम्पर्क गर्न अनुरोध गरिएको छ।
झापाली समाज अस्ट्रेलियाले हिन्दु नारीहरूको महान चाड तीजको सबै नेपालिहरुमा हार्दिक मंगलमय शुभकामना पनि व्यक्त गरेको छ ।