एनआरएनए स्पोर्ट्स अन्तर्गत क्रिकेट प्रतियोगिता सम्पन्न, सेप्टेम्बर ३ मा रोमान्चक सकर प्रतियोगिता हुदै 

-- The NTA ?>

criket final NRNA Australiaएनआरएनए स्पोर्ट्स डे २०१६ को तेश्रो प्रतियोगिता स्वरूप क्रिकेट प्रतियोगिता हालै सम्पन्न भएको छ ।  गत अगस्त २८ मा सिड्नीको टेम्पीमा सम्पन्न उक्त एक दिने  क्रिकेट प्रतियोगितामा १२ बटा भिन्न टिमहरु सहभागी थिए । जस्मा क्यानबरा बाट १ टिमले सहभागिता जनाएको थियो भने अन्य ११ टिम सिड्नीका थिए । निक्कै रोमोंचक र प्रतिस्प्रधात्मक रुपमा चलेका यी खेलहरु बाट ११ उतिकै उत्कृष्ट टिमहरुलाई पछि पार्दै बरियार्स राईनो प्रतियोगिताको उत्कृष्ट समुह बन्दै  प्रथम हुन सफल बन्यो भने वेस्ट युनाइटेड क्रिकेट क्लब दोश्रो बन्न सफल भयो । त्यसै गरि प्रतियोगिताको म्यान अफ द टुर्नामेन्ट प्रशान्त बिष्ट बनेका थिए । बिष्टले ६६ रन, ४ विकेट र सुपर ओभर बोल्ड गरेका थिए ।  यसरि नै बेस्ट ब्यट्स म्यान ७७ रन र ४ विकेट सहित कृतेन ताम्राकार र बेस्ट बोउलर ७ विकेट लिन सफल निरज पाण्डे बनेका थिए ।  प्रतियोगिता भरि सर्बाधिक छक्का प्रशान्त बिष्ट ले ५ छक्का गरेका थिए त्यस्तै फाइनल म्यान अफ द म्याच नबिन गुरुङ बन्न सफल भएका थिए।

एबिके लएर्स एनआरएनए स्पोर्ट्स डे २०१६ अन्तर्गत तेश्रो खेल स्वरूप सम्पन्न यस क्रिकेट प्रतियोगिताको सफलता पुर्बक सम्पन्न पश्चात अब अन्तिम खेल स्वरूप सकर (फ़ुट्बल) प्रतियोगिता आउने सेप्टेम्बर ३ का दिन फिलिप पार्क लिड्कम्बमा हुने एनआरएनए स्पोर्ट्स स्पोर्ट्स को-अर्डिनेटर नन्द गुरुङले बताए ।
एक दिवसिय उक्त सकर (फ़ुट्बल) प्रतियोगितामा खुल्ला तर्फ  २४ टिमहरु र ३५+ उमेर समुहमा ५ टिमले सहभागीताको लागि रजिस्टर गरिसकेका छन् ।  यस बर्षको एनआरएनए स्पोर्ट्स अन्तर्गतको अन्तिम उक्त खेल उत्सबमा सहभागी हुनको लागि सधै झैँ सम्योजक गुरुङले सबै खेल प्रेमी दाजु-भाई दिदि-बहिनीहरुलाई अनुरोध गर्नु भएको छ।
NRNA soccer