नेप्लिज एसोसिएसन अफ नर्दन टेरिटोरिको साधारण सभा सम्पन्न 

-- The NTA ?>
Northern tertotary ko sadharan sabha नेप्लिज एसोसिएसन अफ नर्दन टेरिटोरिको बिशेष साधारण सभा सम्पन्न भएको छ । गत जुलाई ३० तारिखका दिन मल्टिकल्चरल काउन्सिलको सभाहलमा सभा सम्पन्न उक्त बिशेष साधारण सभामा नेप्लिज एसोसिएसन अफ नर्दन टेरिटोरि २०१६-१८ का अध्यक्ष सुदिप श्रेष्ठले रिक्त रहेको १ सचिबमा अन्जना बराल, २ सदस्यमा श्रीकृष्ण ढुंगाना र दिपिका शर्मा  साथै  १ कोषाधक्ष्य पदमा अनिल बस्नेतलाई प्रस्ताब गर्नुभएको थियो जुन प्रस्ताबलाई  साधारण सभाबाट सर्बसम्मत पारित भएको छ  ।
सोहि अबसरमा अध्यक्ष श्रेष्ठले नेपाली समुदायको सेवा गर्ने अवसर आफ्नो र टिमको काँधमा आएको भन्दै समुदायको लागि मन बचन र कर्मले लागि रहने प्रतिबदता ब्यक्त गर्नु भयो । उक्त सभामा एनआरएन पदाधिकारि लगायत स्थानिय समाजसेबिहरुको उपस्थिति रहेको थियो ।