गोल्डकोष्टमा नेपाली प्रतिभाको खोजी 

-- The NTA / प्रकाशित मिति : मङ्लबार, भदौ १४, २०७३
Local Artist HUNTक्विन्सल्याण्डको पर्यटकीय शहर गोल्डकोष्टमा स्थानीय प्रतिभाको खोजी शुरु गरिएको छ । स्थानीय युवाहरुको संगठन ओजनेप इन्टरटेनमेन्टले गोल्डकोष्ट लोकल डान्सर एण्ड सिंगर हन्ट नामक अनलाईन प्रतिभा खोजीको कार्यक्रम शुरु गरेको छ । स्थानीयरुपमा रहेका प्रतिभाहरुलाई अवसर दिने र उनीहरुको कलालाई उजागर गर्ने उद्देश्यका साथ प्रतियोगिता शुरु गरिएको उक्त संस्थाका सुमन थापाले जानकारी दिए ।
थपाका अनुसार उक्त प्रतियोगितामा सहभागी हुनका लागि प्रतियोगि स्थानीयबासी हुनुपर्ने, प्रतियोगिहरुले आफ्नो प्रतिभालाई संस्थाको पेजमा आफ्नो प्रतिभा अपलोड गर्नुपर्ने लगायतका नियमहरु लगाइएको छ । थापाले अपलोड गरिएको भिडियोलाई प्राप्त भएको लाईकलाई आधार मानेर विजयी घोषणा गरिने जानकारी दिएका छन् । विजेता यही सेप्टेम्बरको ३० तारिख घोषणा गरिने र विजयीलाई नगद, प्रमाणपत्र र मेडलले सम्मानित गरिनेछ ।