ग्रान्भिल नेप्लिज कम्युनिटीले दशैँ तिहार शुभकामना साँझ गर्दै 

-- The NTA / प्रकाशित मिति : मङ्लबार, भदौ १४, २०७३
granville ma dashinतीजको माहोल सकिए संगै अस्ट्रेलियाको नेपालि समुदायलाई दशैँ तिहारको मौसम लाग्न सुरु भएको छ । हरेक बर्ष जस्तै यो बर्ष पनि ग्रान्भिल नेप्लिज कम्युनिटी क्लबले “दशैँ तिहार शुभकामना साँझ ” को आयोजना गरेको छ । यहि सेप्टेम्बेर २४ तारिखको साँझ ग्रान्भिल स्थित ग्रान्भिल टाउन हलमा उक्त कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ ।
गित-संगीतको साथमा डिजे र डिनर अनि नाचगान सहितको उक्त कार्यक्रमको लागि  प्रबेस शुल्क ३० डलर तोकिएको छ भने ८ बर्ष मुनिका बालबालिकाहरुका लागि  नि: शुल्क प्रबेस रहेको छ । नेपालि रिति-रिवाज, चाड-पर्ब र संस्कृतिलाई दोश्रो पुस्ता सम्म जोगाइ राख्न अनि हामी बिचको सदभाब झन् गाढा बढाउने उदेश्यले क्लबले हरेक साल दशैँ तिहार शुभकामना साँझ आयोजना गर्ने गर्दछ । कार्यक्रम सम्बन्धि थप जानकारी र टिकटको लागि राम रुवाली- ०४३२८२२२३५ वा अनिता नेपाल-०४०६२०५१२५ वा अनिल अधिकारि-०४५८७८४३९७ लाई सम्पर्क गर्न सकिनेछ ।