एकल गायनमा बलराम राजवंशी

काठमाडौं— गायक तथा संगीतकार बलराम राजबंशी पहिलो पटक एकल गायन कार्यक्रममा प्रस्तुत हुने भएका छन् । तीजको दर खाने दिन अर्थात यही भदौ १८ शनिवार जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुने ‘बलराम राजवंशी एकल साँझ’ शीर्षकको कार्यक्रममार्फत गायक राजवंशीले आफ्ना लोकप्रिय गीत संगीत प्रस्तुत गर्नेछन् । एकल गायन कार्यक्रममा गायक राजवंशीलाई क्रोमाटिक ब्याण्डले बाद्यवादनमा साथ दिनेछ ।
शनिवार दिउँसो २ बजेपछि प्रारम्भ हुने यो कार्यक्रमको आयोजना राजवंशी समाज विकास समिति काठमाडौं उपत्यका क्षेत्रीय समितिले गर्न लागेको हो । एकल गायन कार्यक्रममा गायक राजवंशीले डेढ दर्जन बढि गीत प्रस्तुत गर्नेछन् । कार्यक्रममा उनले नेपाली तथा राजवंशी भाषाका गीतसहित हिन्दी गीत तथा गजलहरु पनि प्रस्तुत गर्नेछन् ।
संगीतकर्मी गुरुदेव कामतसंग ५ वर्ष, प्रकाश गुरुङसंग ४ वर्ष तथा कमल क्षेत्रीसंग १ वर्षसम्म शास्त्रीयदेखि सुगम संगीतसम्मको प्रशिक्षण लिएका गायक राजवंशी विगतमा नेपाल टेलिभिजनबाट प्रसारित ‘तिम्रो सुर मेरो गीत’ कार्यक्रमको फाइनल राउण्डसम्म पुग्न सफल भएका थिए । ईमेज च्यानलबाट प्रसारित ‘साउथ एशियन स्टार नेपाल’ गायन प्रतियोगिताको उत्कृष्ट ४ सम्म पुग्न सफल राजवंशी २०६२ सालमा रेडियो नेपालले आयोजना गरेको आधूनिक गीत प्रतियोगितामा उत्कृष्ट १० सम्म पुग्न सफल भएका थिए ।
विगत नौ वर्षदेखि होटल एभरेष्टसहित विभिन्न पाँच तारे होटल तथा अन्य गजल रेष्टुराँमा गजल गायकको रुपमा सक्रिय राजवंशीले २०५६ सालमा आफ्नो स्वरमा पहिलो नेपाली गीत रेकर्ड गरेका थिए ।
आउँदो दसैंमा नेपाली गीतहरुको एकल एल्बम सार्वजनिक गर्ने तयारी गरिरहेका गायक राजवंशीले राजवंशी भाषाका ६ वटा एकल एल्बम सार्वजनिक गरिसकेका छन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...