मन्त्री गगन थापाको यस्तो निर्देशन

काठमाडौं-स्वास्थ्यमन्त्री गगनकुमार थापाले एक हप्ताभित्र कार्यतालिका सहितको सयदिने कार्ययोजना पेस गर्न मन्त्रालय मातहतका महाशाखाका प्रमुखलाई निर्देशन दिएका छन् ।
आज मंगलबार स्वास्थ्य सेवा विभाग टेकुमा विभिन्न महाशाखाका प्रमुखसँग भेट गरी उनले छोटो समयमा स्वास्थ्य क्षेत्रमा उपलब्धिमूलक काम गर्नुपर्ने भएकाले कार्ययोजना पेस गर्न निर्देशन दिएका हुन् ।
विभागका महानिर्देशक डा पुष्पा चौधरीले विभागको गतिविधिका बारेमा मन्त्री थापालाई जानकारी गराएकी थिइन् । जानकारीपछि मन्त्री थापाले आपूर्ति महाशाखा, स्टोर र बिमा कार्यक्रमको कार्यलयको निरीक्षण पनि गरे ।
सोमबारदेखि मन्त्रालयका विभिन्न महाशाखाका प्रमुखसँग काम कारबाहीबारे ‘ब्रिफिङ’ शुरु गरेका थापाले सोमबार अनुगमन, चिकित्सक र योजना महाशाखाका प्रमुखसँगको ब्रिफिङ सुनेपछि निर्देशन दिएका हुन् ।
स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधारका लागि मन्त्री थापाले स्वास्थ्य क्षेत्रका विज्ञ डा केदारभक्त माथेमा र पूर्व मुख्यसचिव लीलामणि पौड्यालसँग पनि भेट गरी छलफल गरेका थिए ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...