संजिबको  ‘तिमी मलाई मन पर्छ’ सार्बजनिक ( भिडियो सहित )

-- The NTA / प्रकाशित मिति : बुधबार, भदौ १५, २०७३
IMG_7443सुमधुर स्वर एबंम भर्सटाइल सिगंरको परिचय बनाउन सफल गायक सन्जिब पराजुली र गायिका टिका प्रसाईंको स्वरमा सजिएको निक्कै सुमधुर गीत ‘तिमी मलाई मन पर्छ’ हालै सार्वजनिक भएको छ। यस गीतमा शब्द-सङ्गीत टिका प्रसाईंको र सङ्गीत-संयोजन गोपाल रसाइलीको रहेको छ ।IMG_7444
म्युजिक भिडियोलाई चर्चित निर्देशक जीवन रसाइलीले निर्देशन गरेका हुन् भने सम्पादन आइ भी एम प्रोडक्सन, अस्ट्रेलियाले गरेको हो । भिडियोमा अष्ट्रेलियाका विभिन्न रमणिय दृश्यहरुलाई कैद गरिएको छ जसमा रस्ना प्रधान र विशाल भारतीको रोमान्स हेर्न सकिन्छ । यस गीतले श्रोता र दर्शकहरूको मन उत्तिकै जित्ने अपेक्षा गरिएको छ।
भिडियो हेर्न  क्लिक गर्नुहोला ;