जन्मदिनमा नरेशको हाइट

काठमाडौं— सञ्चारकर्मी तथा गीतकार नरेश भट्टराईले आफ्नो जन्मदिनको अवसर पारेर आफ्नै रचनाका गीतहरुको एल्बम ‘हाइट’ सार्वजनिक गरेका छन् । फागुन १३ गते जन्मदिनको साइतमा काठमाडौंमा एउटा औपचारिक कार्यक्रम आयोजना गर्दै गीतकार भट्टराईले गायक रामकृष्ण ढकाल, हास्यकलाकार दीपकराज गिरी, पत्रकार भरत शाक्यसहितको हातबाट एल्बम विमोचन गराएका हुन् । विमोचित एल्बममा नरेशले आफ्ना आधुनिक तथा चलचित्रका गीतका दुई वटा सिडीलाई समावेश गरेका छन् ।
काठमाडौंमा आयोजना हुने अधिकांश चलचित्र तथा सांगीतिक कार्यक्रममा उद्घोषण गर्ने भट्टराईले आफ्नो कार्यक्रमको सञ्चालन गर्ने जिम्मा भने चलचित्र पत्रकार संघको अध्यक्ष शान्तिप्रियलाई दिएका थिए । एल्बम सार्वजनिक भएपछि जन्मदिनको शुभकामना तथा एल्बमको सफलताको शुभकामना दिँदै उपस्थित व्यक्तित्वहरुले गीतकार भट्टराईका बारेमा रमाइला संस्मरणहरु सुनाएका थिए ।
विमोचित एल्बमको एउटा सिडीमा स्वरुपराज अचार्य, मिङ्मा शेर्पा, भिषण मुकारुङ, प्रमोद खरेल, रोशन गुरुङ, दिपेशकिशोर भट्टराई, रुपक डोटेल, सञ्जयकिशोर श्रेष्ठ, सुगम पोखरेल, नविन के भट्टराई तथा सञ्जय श्रेष्ठले गाएका आधुनिक तथा पप गीतहरु समावेश छन् । दोस्रो सिडीमा भने धुँवा यो नशा, द युगदेखि युगसम्म, किस्मत, मेरो जीवन साथी, वशमा छैन यो मन, डन, हलचल, लेखान्त, कवच, पुन्टे परेड, तिमी मात्र तिमी, भगवान सबैको तथा अलवीदा चलचित्रका गीत समावेश छन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...