सिड्नीमा अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाइयो

नेपाली आदिवासी जनजाति मञ्ज अस्ट्रेलिया र नेपाली आदिबासीहरुलाई प्रतिनिधत्व गर्ने अन्य १० संघ संस्थाहरुको आयोजनामा गत १३ अगस्त शनिबारका साँझ बिबिध कार्यक्रम सहित २२ औं अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाइएको छ । सिड्नीको पिटरसाम टाउनहलमा सम्पन्न उक्त कार्यक्रम बिभिन्न नेपाली आदिबासीका रहन सहन संस्कृतिक, खान-पिनका परिकार र भेष-भुषाहरुको पर्दर्शन गरिएको थियो । उक्त कार्यक्रममा अस्ट्रेलियाको संघीय सदनमा निर्वाचित पहिलो एबोरजिनल महिला सांसद लिण्डा बर्नीलाई अभिनन्दन गरिएको थियो । कार्यक्रममा आदिवासी जनजातिका हाल उठेका बिबिध अधिकारका मागहरुका बारेमा सहभागीहरुले आ आफ्नो विचार व्यक्त गरेका थिए। कार्यक्रममा बोल्दै अस्ट्रेलियाको संघीय सदनकी संसाद लिण्डाले पहिचान सबै भन्दा महत्वपूर्णकुरा भएको उल्लेख गर्दै नेपाली समुदायसंग भविष्यमा मिलेर काम गर्ने बताईन । त्यस्तै गरि कार्यक्रममा न्यु साउथ वेल्सका लागि माहावाणिज्यदूत दिपक खड्का, कार्यबाहक राजदूत राजेन्द्र पाण्डे, आयोजकको तर्फ बाट गणेश तामाङ, अरुण तामाङ, चित्र तुम्बाहाम्फे लिम्बुले आआफ्नो मनतब्य राखेका थिए ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...