सिड्नीमा अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाइयो
नेपाली आदिवासी जनजाति मञ्ज अस्ट्रेलिया र नेपाली आदिबासीहरुलाई प्रतिनिधत्व गर्ने अन्य १० संघ संस्थाहरुको आयोजनामा गत १३ अगस्त शनिबारका साँझ बिबिध कार्यक्रम सहित २२ औं अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाइएको छ । सिड्नीको पिटरसाम टाउनहलमा सम्पन्न उक्त कार्यक्रम बिभिन्न नेपाली आदिबासीका रहन सहन संस्कृतिक, खान-पिनका परिकार र भेष-भुषाहरुको पर्दर्शन गरिएको थियो । उक्त कार्यक्रममा अस्ट्रेलियाको संघीय सदनमा निर्वाचित पहिलो एबोरजिनल महिला सांसद लिण्डा बर्नीलाई अभिनन्दन गरिएको थियो । कार्यक्रममा आदिवासी जनजातिका हाल उठेका बिबिध अधिकारका मागहरुका बारेमा सहभागीहरुले आ आफ्नो विचार व्यक्त गरेका थिए। कार्यक्रममा बोल्दै अस्ट्रेलियाको संघीय सदनकी संसाद लिण्डाले पहिचान सबै भन्दा महत्वपूर्णकुरा भएको उल्लेख गर्दै नेपाली समुदायसंग भविष्यमा मिलेर काम गर्ने बताईन । त्यस्तै गरि कार्यक्रममा न्यु साउथ वेल्सका लागि माहावाणिज्यदूत दिपक खड्का, कार्यबाहक राजदूत राजेन्द्र पाण्डे, आयोजकको तर्फ बाट गणेश तामाङ, अरुण तामाङ, चित्र तुम्बाहाम्फे लिम्बुले आआफ्नो मनतब्य राखेका थिए ।
काठमाडौं– काठमाडौंको दरवारमार्गमा रहेको मधुशाला गीत गजल रेष्ट्रो एण्ड बारले यही माघ...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...