नेपाल आँखा अस्पतालमा प्राथमिक उपचार तालिम
नेपाल आँखा अस्पताल र मलेसियाको सेन्ट जोन एम्बुलेन्सको संयुक्त आयोजनामा दुई दिने प्राथमिक उपचार तालिम आजदेखि सञ्चालन भएको छ ।
काठमाडौंको त्रिपुरेश्वरस्थित नेपाल आाखा अस्पतालमा तालिमको उद्घाटन गर्दै नेपाल आाखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमन बहादुर घलेले यस तालिमले दुर्घटना तथा अन्य कारणले घाईते भएका बिरामीलाई अस्पातल पुर्याउनु पूर्व प्राथमिक उपचार गर्दै बिरामीको ज्यान बचाउन सहयोग पुर्याउने बिश्वास ब्यक्त गर्नुभयो ।
तालिममा सेन्ट जोन एम्बुलेन्स मलेसियाका डा. लि हु टिओङ, लिउ चान होरिन, लुई ग्वो झि, ङुकुम चेक, लगायत नेपालका प्रा. डा सबिना श्रेष्ठ, डा. सबिता ढकाल, डा. अमृत आचार्य, अरुण ढुंगाना, रचना कार्की लगायतले प्राथमिक उपचार सम्वन्धी तालिम दिने जनाईएको छ । यस तालिममा पाटन अस्पताल, नेपाली सेना, बिजेश्वरी ज्ञान मन्दिर शैनिक महाविद्यालय, अल्का अस्पताल, नेपाल आँखा अस्पताल, काठमाडौं महानगरपालिका, काठमाडौं मेडिकल कलेज, वीर अस्पताल र धुलिखेल अस्पतालका गरी ३२ जना भन्दा बढि प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।
नेपाल आँखा अस्पतालले मलेसियाको सेन्ट जोन एम्बुलेन्सको सहकार्यमा गत मंसिर र माघमा पनि प्राथमिक उपचार तालिम सम्पन्न गरेको थियो । यस प्रकारको तालिम बर्षमा १५ भन्दा बढि सञ्चालन गर्ने सहमति भएको अस्पतालले जनाएको छ । प्रशिक्षार्थीहरुले तालिम लिए पश्चात देशका अन्य स्थानमा समेत तालिम प्रदान गर्न सकिने प्रशिक्षक अरुण ढुंगानाले बताए
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...