दवावमा संविधान संसोधन हुन्न

काठमाडौं— पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसैको दवाव तथा भड्काउमा देश र लोकतन्त्रको अहित हुने गरी संविधान संशोधन गर्न नहुने बताएका छन् । उपचारका लागि दुई साताअघि थाइल्यान्ड गएका ओली सोमबार स्वदेश फर्केपछि विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै संविधान आफैंमा गतिशील दस्तावेज भएकाले यसलाई देशको आवश्यकताका आधारमा संशोधन गर्न सकिने तर कसैका स्वार्थ वा अर्घेल्याईं सम्बोधनका लागि बिना औचित्य गरिने संशोधनमा एमालेको समर्थन नहुने बताएका हुन् ।
सत्ता गठबन्धनले मधेशी दलको आग्रहमा संविधान संशोधन गर्न प्रयास गरेको सन्दर्भमा सोधिएको प्रश्नमा ओलीले आफूहरुसंग कसैले कुरा नगरेको र हल्लाका भरमा त्यसमा प्रतिक्रिया दिनुको पनि अर्थ नभएको बताए ।
‘संघीयता तथा सीमांकन मधेशको मात्र मुद्दा होइन, मुलुककै विषय हो । पहिलो संशोधनबाट मधेशी दलको माग सम्बोधन भइसकेको छ । जिद्दी अथवा आग्रहका भरमा अर्को संशोधन हुँदैन । देशको प्रतिष्ठा र इज्जतमा धक्का लाग्ने गरी अनुचित संशोधन गरिनु हुन्न ।’ ओलीले भनेका छन् ।
ओलीले स्वास्थ्य परीक्षणबाट आफू स्वस्थ भएको चिकित्सकले बताएकोले अब देश र जनताको हित, संविधानको कार्यान्यवन तथा आर्थिक समृद्धिका लागि थप काम गर्न सक्षम भएको पनि बताए ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...