एडिलेडमा ‘नेपाल नेसनल डे’ मनाइने

-- The NTA / प्रकाशित मिति : मङ्लबार, भदौ २१, २०७३
साउथ अष्ट्रेलियाको एडिलेडमा ‘नेपाल नेशनल डे’ मनाइने भएको छ । कार्यक्रमलाई अवैतनिक वाणिज्यदुतावासको कार्यलय र गैर आवासीय नेपाली संघ साउथ अष्ट्रेलिया मिलेर उक्त कार्यक्रमको आयोजना गर्न लागेको हो ।
Nepal Day in Australiaनेपाली पर्यटन प्रबद्र्धन र विदेशीहरुलाई नेपालको पर्यटकीय क्षेत्रका बारेमा जानकारी दिने र घुम्न जानका लागि प्रेरित गर्ने उद्देश्यले नेपाल नेसनल डे मनाउने तयारी गरिएको आयोजकहरुले जानकारी दिएका छन् ।
कार्यक्रम नर्थ एडिलेडको कम्युनिटी सेन्टरमा यही सेप्टेम्बरको २४ तारिखका दिन आयोजना गर्न लागिएको छ । आयोजक बाणिज्यदुत दीपक धमलालो कार्यक्रममा सकेसम्म विदेशीहरुलाई सहभागी गराउने लक्ष्य लिइएको जानकारी दिए । पर्यटन प्रबद्र्धनका लागि नै आफुहरुले आफुहरुले पहिलोपटक ‘नेपाल नेसनल डे’ नाम राखेर पर्यटन प्रबद्र्धन सम्बन्धि कार्यक्रम गर्न लागेको एनआरएन साउथ अष्ट्रेलियाका अध्यक्ष नबिन कंडेलले जानकारी दिए ।
कार्यक्रममा नेपाली कला संस्कृती झल्कने बिभिन्न नृत्यहरु प्रस्तुत गरिनुका साथै नेपाली पोशाक, पर्यटन सम्बन्धि विविध जानकारी र नेपालमा घुम्न जानेहरुका लागि सुचना उपलब्द्ध गराइने एनआरएन साउथ अष्ट्रेलियाका सचिव नबिन पन्तले जानकारी दिए । भुकम्पपछि नेपालमा यहा“का पर्यटकहरुलाई नेपाल घुम्न प्रेरित गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको र नेपाल पर्यटकीय क्षेत्रका लागि सुरक्षित र सहज छ भन्ने जानकारी कार्यक्रम मार्फत दिइने छ । कार्यक्रममा झांकी सहितका कार्यक्रमहरु र जानकारीमुलक भिडियो प्रस्तुतीहरु समेत राखिने बताए ।
कार्यक्रममा स्थानीय अष्ट्रेलियाली मन्त्रीहरुका साथै राजनीतिक दलका नेता तथा सांसदहरु र बिभिन्न नेपाली संघसंस्थाका प्रतिनिधी र सर्वसाधारणको सहभागीता रहने वाणिज्यदुत धमलाले दाबी गरे । कार्यक्रममा सहभागिता जनाउन आयोजकले सबैलाई आग्रह गरेको छ ।