प्रियंकाको बर्थडेमा दुई उपहार
काठमाडौं— अभिनेत्री प्रियंका कार्कीले फागुन १५ गते शनिवार जन्मदिन मनाउने क्रममा दुई भिन्न उपहार पाएकी छिन् । प्रियंकाको जन्मदिन पारेर उनको पछिल्लो चलचित्र ‘हाउ फन्नी’ को ट्रेलर सार्वजनिक भएको छ भने दीपकराज गिरी तथा दीपाश्री निरौलाले पनि प्रियंकालाई आफ्नो आगामी चलचित्र ‘छक्का पञ्जा’ मा अभिनेत्रीको रुपमा अनुबन्ध गरेका छन् ।
काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै चलचित्र युनिटले ट्रेलर सार्वजनिक गरेको हो । समारोहमा प्रियंकाले आफ्नो २८ औं जन्मदिनको केक काटेकी थिइन् । प्रियंकालाई केक काट्न चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई, निर्देशक समाजका अध्यक्ष दिनेश डिसी, कलाकार संघका अध्यक्ष राम केसर बोगटी र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले साथ् दिएका थिए । समारोहमा लचचित्रका दुई गीत प्रिमियर गरिएको थियो । यो चलचित्र आगामी वैशााख १० गते प्रदर्शन हुनेछ ।
मिस नेपाल—२००२ माल्भिका सुब्बा यही चलचित्रमार्फत निर्मात्रीको रुपमा पदार्पण गरेकी हुन् । निलु डोमा शेर्पा यही चलचित्रबाट निर्देशनमा डेब्यू गर्दैछिन् । यो चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, निशा अधिकारी, केकी अधिकारी, अनुपविक्रम शाही, विजय बराल, सन्दिप क्षेत्री, शिशिर राणा आदि कलाकारले अभिनय गरेका छन् ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...