क्यान्सर पिडित मनिषा तामाङ्गको सहयोगार्थ ब्रिसबेनमा फण्ड रेजिङ्ग बार बी क्यु कार्यक्रम

-- NTA REP. / प्रकाशित मिति : बुधबार, भदौ २२, २०७३
सिड्नी निबासी क्यान्सर पिडित मनिषा तामाङ्गको सहयोगको लागि ११ सेप्टेम्बर आइतबारका दिन १.०० –  ५.०० बजेसम्म ब्रिसबेनको न्यु फार्म पार्कमा  फन्ड रेजींग  बार बी क्यु कार्यक्रम हुने भएको छ। २००९ मा अष्ट्रेलिया आउनु भएकी मनीषा हाल उपचारको लागि बेस्टमिंड अस्पतालमा भर्ना हुनुभएको छ।  सो कार्यक्रमको संयोजन ब्रिसबेनका अमृत खत्रीले गरेका छन् र कार्यक्रमलाई सफल  बनाउन विभिन्न व्यक्ति र संघ संस्थाले सहयोग गरिरहेको खत्रीले द नेपाली टाईम्स लाई जानकारी गराएका छन् ।
खत्रीले आठ चोटी किमो र अन्य आबश्यक उपचार गर्न करिब ४० हजार  डलर लाग्ने र सो खर्च बिरामीको स्वास्थ  बिमाले नबेहोर्ने हुँदा कार्यक्रमबाट  संकलन हुने रकम  मनिषाको उपाचरको लागि बनाईएको कोषमा जम्मा गरिने र कार्यक्रममा उपस्थित हुन नसक्ने दाताहरुले अनलाइन  मार्फत  सहयोग जम्मा गर्न सक्ने बताएका छन्।
एनआरएन अष्ट्रेलिया राष्ट्रिय समन्वय समिति सदस्य अभिमन्यु केसीले हामीले यस अघिपनि समस्या पर्दा नेपाली दाजु भाइ  दिदी बहिनीहरुलाई सहयोग गर्दै आएक छौँ र यसपाली पनि मनिषा लाई सहयोग गर्न  सबैजनाको सहभागिता रहने विश्वास व्यक्त गर्नु भयो।   यस कार्यक्रम सम्बन्धि थप जानकारीको लागि अमृत खत्रीलाई ०४१४८३३३६३ वा amritkhatri@hotmail.com  मा सम्पर्क गर्न सकिने छ।