निर्दोष हुँदै छुटे कर्णेल लामा

काठमाडौं— बेलायतमा यातनासम्बन्धी मुद्दा खेपिरहेका नेपाली सेनाका महासेनानी कुमार लामाले छुटकारा पाएका छन् । बेलायतको केन्द्रीय फौजदारी अदालतको आदेशमा लामाले छुटकारा पाएका हुन । योसँगै उनी घर फर्किने बाटो खुलेको छ ।
कर्णेल लामा विरुद्ध बेलायतका सरकारी अभियोजकले विश्वव्यापी क्षेत्राधिकारको कानून अन्तर्गत दायर गरेको यातनाको मुद्दा फिर्ता लिएपपछि अदालतले उनलाई छुटकारा दिएको हो । लामामाथि ११ वर्षअघि सशस्त्र हिंसाका बेला कपिलवस्तुको गोरुसिंगेस्थित सैनिक ब्यारेकमा थुनामा रहेका जनकबहादुर राउत र करम हुसैनलाई यातना दिएको अभियोगमा विश्वव्यापी क्षेत्राधिकार अन्तर्गत बेलायतमा मुद्दा चलाइएको थियो ।
करिब एक महिनाअघि बेलायतको लन्डनस्थित केन्द्रीय फौजदारी अदालतको जुरीले करम हुसैनलाई यातना दिएको अभियोगमा दायर मुद्दा टुङ्याएको भएपनि अर्का उजुरीकर्ता जनकबहादुर राउतसँग सम्बन्धित अभियोगका बारेमा निर्णय हुन सकेको थिएन । सरकारी अभियोजक पक्ष सिपिएसले लामालाई दोषी ठहर्याउन सक्ने पर्याप्त आधार नदेखिएकोले उनी विरुद्धको मुद्दा अगाडि नबढाउने निर्णय गरेपछि न्यायाधीश जस्टीस स्वीनी नेतृत्वको इजलासले मुद्दा टुंग्याएको हो ।
मंगलबार मुद्दा टुंगो लागेपछि अदालत बाहिर रहेका पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिंदै लामाले ‘न्यायको जीत’ भएको बताएका थिए । उनले यसबारे आफू धेरै नबोल्ने र नेपालस्थित सैनिक मुख्यालयबाट अनुमति प्राप्त गरेपछि मात्रै थप बोल्ने बताए । कर्णेल लामालाई बेलायतको फौजदारी न्याय सम्बन्धी कानूनको धारा १३४ अन्तर्गत मुद्दा चलाइएको थियो जसमा बेलायतको नागरिक नभए पनि र जुन कुनै देशमा गरिएको कसुर भए पनि आरोपी विरुद्ध मुद्दा चलाउन मिल्ने व्यवस्था छ ।
सरकारी अभियोजक डंकन पेनी क्युसीले सरकारले कर्णेल लामा विरुद्धको बाँकी अभियोगका प्रमाण सावधानी र विस्तारपूर्वक अध्ययन गर्दा दोषी ठहरिने वास्तविक कारण नपाइएको बताएका छन् । यो मुद्दा अघि बढाउन बेलायत सरकारको १० लाख पाउण्ड खर्च भएको अनुमान गरिएको छ । दक्षिणी सुडानस्थित संयुक्त राष्ट्रसंघको शान्ति सेनामा खटिएका बेला छुट्टीका बेला परिवार भेट्न बेलायत पुगेका लामालाई ३ जनबरी २००३ मा लन्डनको मेट्रोपोलिटन प्रहरीले पक्राउ गरेको थियो ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...