दिनेश भण्डारीको ‘पर्खाई’ सार्वजनिक

काठमाडौं— दुई दशक अघि नै एउटा गीत रेकर्डिङ गर्दै सांगीतिक क्षेत्रमा सक्रिय भएका गायक दिनेश भण्डारीले गाएका आधुनिक गीतहरुको पहिलो एल्बम आइतवार काठमाडौंमा लोकार्पण गरिएको छ । चलचित्र अभिनेताहरु रमेश उप्रेती, अर्जुन श्रेष्ठ, निर्देशक निर्मल शर्मा, टेलिभिजनकर्मी रवि लामिछाने, निर्माता विनोद मानन्धर, विज्ञापन व्यवसायी निर्मलराज, गायक अमर तण्डुकारसहितको समुहले उक्त एल्बम विमोचन गरेको हो ।
विमोचित एल्बममा अमर तण्डुकार तथा टीका भण्डारीद्वारा संगीतबद्ध ७ वटा गीतहरु समावेश छन् । एल्बमका गीतहरु विनोद रोक्का, भावेश भुमरी, डा.नवराज लम्साल, अर्जुन घिमिरे तथा लालीजंग रावलले रचना गरेका हुन् । विमोचन एल्बममा समावेश ‘मृग नयनी…’ गीतको म्युजिक भिडियोको प्रोमो समेत प्रिमियर गरियो । भिडियोको निर्देशन निर्मल शर्माले गरेका हुन् । लामो समयदेखि अमेरिकामा रहेका गायक भण्डारी अमेरिका रहँदा पनि सांगीतिक कर्ममा सक्रिय रहेका छन् ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...