दिनेश भण्डारीको ‘पर्खाई’ सार्वजनिक

काठमाडौं— दुई दशक अघि नै एउटा गीत रेकर्डिङ गर्दै सांगीतिक क्षेत्रमा सक्रिय भएका गायक दिनेश भण्डारीले गाएका आधुनिक गीतहरुको पहिलो एल्बम आइतवार काठमाडौंमा लोकार्पण गरिएको छ । चलचित्र अभिनेताहरु रमेश उप्रेती, अर्जुन श्रेष्ठ, निर्देशक निर्मल शर्मा, टेलिभिजनकर्मी रवि लामिछाने, निर्माता विनोद मानन्धर, विज्ञापन व्यवसायी निर्मलराज, गायक अमर तण्डुकारसहितको समुहले उक्त एल्बम विमोचन गरेको हो ।
विमोचित एल्बममा अमर तण्डुकार तथा टीका भण्डारीद्वारा संगीतबद्ध ७ वटा गीतहरु समावेश छन् । एल्बमका गीतहरु विनोद रोक्का, भावेश भुमरी, डा.नवराज लम्साल, अर्जुन घिमिरे तथा लालीजंग रावलले रचना गरेका हुन् । विमोचन एल्बममा समावेश ‘मृग नयनी…’ गीतको म्युजिक भिडियोको प्रोमो समेत प्रिमियर गरियो । भिडियोको निर्देशन निर्मल शर्माले गरेका हुन् । लामो समयदेखि अमेरिकामा रहेका गायक भण्डारी अमेरिका रहँदा पनि सांगीतिक कर्ममा सक्रिय रहेका छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...