अबको एक महिनामा भवन बनाउन शुरु हुन्छ – शेष घले अध्यक्ष, गैरआवासीय नेपाली संघ

नवौं क्षेत्रीय सम्मेलनले अघि सारेको यो ‘भिजन २०२० एन्ड बियोन्ड’ प्रस्ताव भनेको के हो र केका लागि ?
सबैभन्दा पहिले त हामी १३ वर्षअघि गैरआवासीय नेपाली संघ एउटा अभियानका रुपमा सुरु भएको संस्था अहिले निकै ठूलो र प्रभावकारी देखिन थालेको छ । समय काल परिस्थितिसंगै संस्थाका दायित्व र कामहरू पनि बढ्दै जाने हुनाले संस्थालाई दिगो र समयानुसार प्रभावकारी बनाउन यो योजना प्रस्ताव गरिएको हो । हामी भूकम्पका बेलामा होस वा लगानीका हिसाबले भनौ जे जति काम गर्दै आएका छौं संस्थाप्रति नेपाल र नेपालीहरूको विश्वास र आशा दुवै बढेको मलाई महसुश भएको छ । तर, त्यसको तुलनामा संघको क्षमता वृद्धि हुन र संस्थाले क्षमता हुँदा हुँदै पनि सोही अनुसारको डेलिभरी गर्न कठिनाई हुन थालेको छ । त्यसैले संस्थालाई आगामी बीस वा तीस वर्षको चुनौती सामना गर्नेगरी संरचनागत विकास गर्ने भन्ने सोचका साथ भिजन २०२० भन्ने अवधारणा ल्याइएको हो ।
यो कहिलेदेखि लागु हुन्छ त ?
यो सम्मेलनमा मुख्य विषयको रुपमा प्रस्तावमा परेको छ । सम्मेलनले पास गरेको यो दस्तावेज आईसिसि बैठकबाट अनुमोदनगरी थप सुझावका लागि एनसिसि र आईसिसिमा पठाएर पूर्ण आकार पाएपछि आगामी महाधिवेसनले त्यसलाई अनुमोदन भएपछि लागु हुनेछ ।
यसको मतलब एनआरएन अहिलेकै संरचना र नीतिका आधारमा चल्दैन भन्ने हो ?
चल्नत चलिरहेकै छ तर पनि समय अनुसार परिवर्तन भएन भने त्यस्ता संस्थाहरू पछि पर्न सक्छ । कुनै पनि संस्था पुरानै स्वरुपमा अडिएर बस्न सक्दैनन् । समयसँगै परिवर्तन हुँदै संस्थालाई विकास गरेर लैजानु आवश्यक हुन्छ । एनआरएनको सन्दर्भमा पनि त्यही हो । हिजो जसजसले यो संस्था निर्माण गर्ने सोच बनाउनुभयो, त्यतिखेर फरक आवश्यकता थियो, आज त्यहि संस्थाको आवश्यकता फरक बन्दै गएको छ । जुन उचाईमा संस्था छ अब हामीले भोलिको तयारी आजै गरेनौं र त्यही अनुसारको नीति र संरचना विकास गरेनौं भने यो उँचाइलाई कायम गर्न सक्दैनौं । हाम्रो लक्ष्य भनेको भोलि एनआरएनलाई विदेशमा बसोबास गर्ने नेपालीहरूको संयुक्त राष्ट्रसंघ जस्तै बनाउने योजना हो । एउटा तीतो यथार्थ के हो भने, नेपालभित्र र बाहिर एनआरएनप्रति अपेक्षा बढे अनुसार परिणाम दिनसक्ने हाम्रो सामथ्र्य बन्न सकेको छैन ।
यो बृहत योजनामा गैरआवासीय नेपाली संघको उद्देश्य नै परिवर्तन हुन्छ की संरचना मात्र ?
हिजो जे उद्देश्यले खोलिए पनि अबको लागि संस्थाको दायित्व र प्रभावकारिता बढाउन हामी समयानुसार उद्देश्य पनि फेरबदल गर्नु पर्दछ भन्ने लाग्दछ । हिजो अघि सारेका उद्देश्यमध्ये कतिपय पूरा भइसकेको सन्र्दभमा अव नयाँ उद्देश्य दिनु आवश्यकता र समयको माग पनि हो । केहि निश्चित उद्देश्यहरूमा साखै परिवर्तन गर्न जरुरी छैन । नेपालीका लागि नेपाली भन्ने मूल सार र नेपालको आर्थिक सामाजिक परिवर्तनको संवाहक बन्ने मूल लक्ष्यमा कुनै परिवर्तन हुँदैन ।
संरचनागत सुधारका कुराको मुख्य सार के हो ?
सन् २०३० सम्म संस्थालाई कस्तो बनाउने भनेर खाका बनाउन जरुरी छ त्यसैले हामी बनाउँदै छौं । ती लक्ष्य हासिल गर्न सन् २०२० सम्ममा संस्थागत सुधार र संरचना बलियो बनाउने भन्ने त्यो नाराको मूल सार हो । त्यसका लागि हामीले तीनवटा विषयमा ध्यान दिनु पर्दछ । पहिलो, अब गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् र एनआरएन सचिवालयको जिम्मेवारी बाँडफाँट गर्नुपर्छ । नीतिगत नेतृत्व कार्यसमितिले गर्ने र दैनिक कार्यसञ्चालन सचिवालयले गर्नेगरी नीति तय गर्नुपर्छ भन्ने मुल उद्देश्य हो । सस्था संधै कस्तो नेतृत्व आउँछ उसैको भरमा चल्नु हुन्न ।
अर्को कुरा परोपकारी कामका लागि संस्था अन्तर्गत बेग्लै फाउण्डेसन वा परोपकारी युनिटको व्यवस्था गर्नुपर्छ । तेस्रो, संस्थाको नीति निर्माण र पैरवीका लागि ‘पोलिसी एन्ड एडभोकेसी’ को संरचना चाहिन्छ । नेपालमा सीप र लगानीको विस्तार, वैदेशिक रोजगार, पर्यटन प्रवद्र्धनलगायत गैरआवासीय नेपाली संघले गरिरहेका जति पनि काम छन । तिनीहरूलाई कसरी व्यवस्थित गर्ने, कसरी सही लक्ष्य छिटो हासिल गर्ने भन्ने विषयमा विस्तृत खाका बनाइनेछ ।
एनआरएनएको पुन:निर्माणका कुरा कहाँ पुग्यो ?
हामी शुरु गरेको पून:निर्माणको विषय यतिखेर राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानी खोज्ने क्रममा छौं । हामीले थुप्रै लगानी गर्नेहरू भेटेका छौं । जसबाट हामी उत्साहित पनि छौं । अबको केहि महिनामा पून:निर्माण प्रक्रिया शुरु हुन्छ । केहि सरकारी विषयमा पनि सहमति गर्न बाँकी रहेको छ ।
आफ्नै कार्यकालमा संस्थाको भबन बनाउने कुरा थियो कहाँ पुग्यो त्यो काम ?
हो, मैले आफ्नै कार्यकालमा सस्थाको भवन बनाउने प्रतिबद्धता जनाएको थिएँ । अव हामीले सस्थाको आफ्नै भवन बनाउने कामका लागि भवनको नक्सा पास भैसकेको छ । अबको एक महिनामा भबन बन्न शुरु हुन्छ । सबै टेन्डर प्रक्रिया अन्तिम चरणमा छ । हामीले ठेक्का दिँदैमा एक बर्षमा भवन बनाउनेगरी तयारी गरेका छौं ।

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशालाको तोकिएको समयमा पूर्वाधार निर्माण...

काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा महिलामा पाठेघरको क्यान्सर भयावह अवस्थामा...

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यानसर निवारणको लागि उपचारात्मक र...

काठमाडौं– आज माघ २१ गते सोमवार, माघ शुक्ल पञ्चर्मी अर्थात वसन्त पञ्चमी...

काठमाडौं– ‘उज्वल छालाको लागि तपाईंँको गन्तव्य’ भन्ने नाराका साथ ललितपुरको युएन पार्कनजिकै...

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशालाको तोकिएको समयमा पूर्वाधार निर्माण...

काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा महिलामा पाठेघरको क्यान्सर भयावह अवस्थामा...

काठमाडौं– इ–प्लानेट नेशनल हाइ स्कूल क्रिकेट च्याम्पियनशीप–२०८१ अन्तर्गत सोमवार भएको काठमाडौं क्वालिफायरर्सको...

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यानसर निवारणको लागि उपचारात्मक र...

काठमाडौं– आज माघ २१ गते सोमवार, माघ शुक्ल पञ्चर्मी अर्थात वसन्त पञ्चमी...