तराई–पहाड घुम्न नेताहरुलाई पूर्वराष्ट्रपतिको सुझाव
काठमाडौँ, पूर्वराष्ट्रपति डा रामवरण यादवले प्रमुख दलका नेता–कार्यकर्ताले हिमाल, पहाड र तराई–मधेसको भ्रमण गरेमा संविधान निर्माणपछिको जटिलता अन्त्य हुन सघाउ पुग्ने बताउनुभएको छ ।
नेपाल अध्ययन केन्द्रले सञ्चालन गरेको अनलाइन न्युज पोर्टल ‘रिडर्स नेपाल’ आज यहाँ सार्वजनिक गर्दै उहाँले बिपी कोइराला, मनमोहन अधिकारी आदि पहिलेका नेता हिमाल, पहाड र तराईका गाउँ गाउँमा घुमेर राष्ट्रिय एकता मजबुत पार्ने गरेको दृष्टान्त दिँदै अहिलेका नेताले त्यसो नगरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “पहिलेका नेता तराई–पहाड सबै पैदलै घुम्नुहुन्थ्यो, तर अहिले मधेसको नेता पहाड जाँदैन, पहाडको नेता मधेस जान सक्दैन ।”
राष्ट्रपति डा यादवले धेरैतिरको असन्तुष्टि सम्बोधन गर्दै जसरी भए पनि संविधान निर्माण गर्नुपरेको बाध्यता बताउँदै आवश्यकताअनुसार यसलाई सुधार्दै लागू गर्नुपर्नेमा जोड दिनुभयो ।
अनलाइन पत्रिकाका सल्लाहकार तथा नेकपा ९एमाले०का उपमहासचिव घनश्याम भुसालले देशको सार्वजनिक नीतिबारे निरन्तर छलफल चलाउने माध्यम ‘नेपाल रिडर्स’ हुने बताउनुभयो । केन्द्रका अध्यक्ष एवम् सम्पादक कोमल भट्टराईले संसारका हरेक कुनाका नेपालीलाई एकै ठाउँमा जोड्दै आर्थिक विकासको बहस चलाउने उद्देश्यले अनलाइन खोलिएको जानकारी दिनुभयो । रासस
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...