रानीपोखरीको पुनर्निर्माण सुचारु हुने
काठमाडौं— काठमाडौं महानगरपालिका तथा पुरातत्व विभागबीच सहमति भएपछि रानीपोखरीको रोकिएको पुनर्निर्माणको काम यही सातादेखि सुचारु हुने भएको छ । मापदण्ड विपरीत पुनर्निर्माणको काम भएको भन्दै पुरातत्व विभागले निर्माणको लागि जिम्मा पाएको महानगरपालिकालाई गत सेप्टेम्बर १ देखि काम रोक्न निर्देशन दिएको थियो ।
निर्माण भइसकेका संरचना सच्याउने र अब बनाउने संरचना पनि विभागले भनेअनुरुप बनाउने सहमति भएपछि यसै सातादेखि नै पुनर्निर्माणको काम प्रारम्भ हुने विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिएका छन् ।
ऐतिहासिक महत्वको बालगोपालेश्वर मन्दिर भत्कनुअघि जस्तो अवस्थामा थियो, सोही अवस्थामा हुनुपर्ने विभागको भनाइ छ । हाल निर्माण गरिएको जति पनि भाग छ ती सबैमा सिमेन्ट, गिट्टी, बालुवा रडलगायतका वस्तु प्रयोग भएकाले विभागले निर्माणमा रोक लगाएको थियो ।
रानीपोखरी निर्माणका लागि ६ करोड २९ लाख रुपैयाँमा ठेक्का पाएकामा हालसम्म एक करोड ५० लाख रुपैयाँ खर्च भइसकेको ठेकेदार कम्पनीले जनाएको छ ।
२०७२ वैशाखमा गएको भूकम्पका कारण पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पूर्णरूपमा क्षतिग्रस्त भएको थियो भने मन्दिर वरपरका पर्खालमा पनि आंशिक क्षति पुगेपछि पुरातत्व विभागले काठमाडौं महानगरपालिकालाई बनाउने जिम्मा दिएको थियो ।
पोखरीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नका लागि रानीपोखरीको पुनर्निर्माणअन्तर्गत केही स्थानमा विद्युत् जडान गरी झिलीमिली बनाइने, पोखरी संरक्षणका लागि चारैतिर बार बारिने, बगौचा बनाइने, हरियाली र रङ्गीन पानीको फोहोरा राखिने महानगरपालिकाको योजना छ ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...