यस्तो छ प्रधानमन्त्रीको भारत भ्रमणको कार्यक्रम

-- ?>

pm-visit-to-india_brifing

काठमाडौं— भारतको तीन दिने औपचारिक भ्रमणमा जान लाग्नु भएका प्रधानमन्त्री पुष्पकमल दाहालले महत्वपूर्ण राजनीतिक भेटघाट गर्नुका साथै पतञ्जली योगपिठको कारखाना समेत अवलोकन गर्नु हुने भएको छ ।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिलाई आफ्ना भारत भ्रमणबारे जानकारी दिँदै प्रधानमन्त्री दाहालले सेप्टेम्बर १५ का दिन अपरान्ह भारतको राजधानी नयाँ दिल्ली पुगेलगत्तै भारतका साना राजनीतिक दलका नेताहरुसंग भेटघाट गर्ने तथा भारतमा रहेका नेपाली समुदायका प्रतिनिधिहरुसाग भेटघाट र अन्तरक्रिया गर्नु हुनेछ ।
प्रधानमन्त्री दाहालका अनुसार उहाँले भ्रमणको पहिलो दिनकै साँझ नेपाली दूतावासले आयोजना गर्ने रात्री भोजमा भारतीय राजनीतिक दलका नेता, पूर्व कुटनितिज्ञ, पत्रकार लगायतसंग अन्तरक्रिया गर्नु हुनेछ ।
सेप्टेम्बर १६ का दिन भारतीय राष्ट्रपति प्रवण मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसंग उच्च राजनीतिक भेटघाट हुने र त्यसै दिन नेपाल र भारतबीचमा विभिन्न दुईपक्षीय सम्झौताहरु समेत हुने कार्यक्रम छ ।
सेप्टेम्बर १७ का दिन प्रधानमन्त्री दाहालले हिमाञ्चलमा हाइड्रोपावरको अवलोकन गर्ने र दिल्ली फर्केर भारतीय उच्च व्यापारीहरुसाग छलफल गर्नु हुनेछ ।
सेप्टेम्बर १७ मै प्रधानमन्त्रीले इन्डिया फाउन्डेसनले आयोजना गर्ने कार्यक्रममा नेपाल–भारत सम्बन्धबारे प्रवचन दिनु हुनेछ भने पत्रकारहरुसंग अन्तक्र्रिया कार्यक्रमको पनि आयोजना हुनेछ ।
सेप्टेम्बर १८ का दिन प्रधानमन्त्री दाहाल योग गुरु रामदेवको पतञ्जली योगापिठमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुने तथा पतञ्जलीको कारखाना अवलोकन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणलाई चुनौतीपूर्ण अवसरको रुपमा लिएको बताउनु भएको छ । ‘मैले अहिलेसम्म जे बुझेको छु, सबैले विगतको तीतोमिठोबाट शिक्षा लिएर अघि बढ्न बल गरेको पाएँ, प्रधानमन्त्रीको भनाइ छ—‘यो भ्रमण नयाँ सन्धि, सम्झौता गर्ने भन्दा पुराना सन्धि, सम्झौता कार्यान्वयनमा केन्द्रित हुनेछ ।’
भूकम्पपछिको पुन:निर्माणमा थप सहयोग, ऊर्जा व्यापार सम्झौता र जल विद्युत्तसम्बन्धी विगतका सम्झौता कार्यान्वयन र हुलाकी राजमार्ग निर्माणका विषयमा छलफल हुने प्रधानमन्त्रीले जानकारी दिनु भयो ।