नाै महिने सरकारबाट तपाईंले के आशा राख्नु भएको छ ?

विश्वमा नेपालमा एउटा त्यस्तो देशको रुपमा चिनिएको छ जहाँ कुनै एउटा सरकार जम्मा ९ महिनामात्र चल्छ । अघिल्लो महिना माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा गठन भएको सरकारको आयु नै जम्मा ९ महिनाको छ । त्यसअघि केपी ओली नेतृत्वको सरकार पनि ठिक ९ महिनामा विगठन भयो । अहिले गठन भएको प्रचण्ड नेतृत्वको सरकारलाई ठिक ९ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विस्थापित गर्ने निश्चित प्राय: छ । यसरी जम्मा ९ महिनाको लागि गठन हुने सरकारबाट जनताले के आशा राख्ने ? देशको विकासका लागि कम्तिमा ५ वर्ष सम्मका लागि स्थायी सरकारको आवश्यकता भैरहेको आजको परिस्थितीमा नेपालको शासन व्यवस्था अस्थिरतातर्फ धकेलिरहेको छ । यही सेरोफेरोमा द नेपाली टाइम्स अष्ट्रेलियाका नेपाल प्रतिनिधि कृष्ण भट्टराईले केही नेपाली सेलिब्रेटीहरुलाई ९ महिनाका लागि गठन भएको सरकारबाट के आशा राख्नु भएको छ ? भन्ने जिज्ञासा राखेका छन् ।
मञ्जु कार्की, मेकअप आर्टिष्ट
गर्न चाहने हो भने त यो छोटो अवधिमा पनि धेरै कुरा गर्न सकिन्छ तर सरकार गठन भएको पहिलो महिनामा खासै उपलब्धिमूलक कामको थालनी भएको देखिंदैन । त्यही पनि अझै ८ महिना बाँकि छ, हेरौं केही भैहाल्छ कि ?धीरज तण्डुकार, कोरियोग्राफर
अघिल्लो सरकारले गरेका राम्रा–राम्रा कामहरुलाई निरन्तरता दिने हो भने त ९ महिनाको अवधिमा पनि धेरै कुरा गर्न सकिन्छ, तर खै अहिले सम्म यो नयाँ सरकारले त्यो सम्भावना देखाएको छैन ।बबिता ढकाल, प्रिन्सिपल
यति छोटो अवधिको लागि गठन भएको सरकारबाट खै के आशा राख्नु ? यो सरकारले आफ्ना कार्यकर्तालाई केही महिनाका लागि भए पनि राम्रो ठाउँमा जागिर खुवाउनु बाहेक अरु केही गर्ला जस्तो लाग्दैन ।कन्हैया सिंह, गायक
९–९ महिनामा नयाँ सरकार गठन हुने जुन शैली विस्तार भएको छ, यसलाई त म राम्रो मान्दिन किनभने ९ महिनामा कुनै पनि सरकारले धेरै काम गर्न सक्छ जस्तो लाग्दैन । अस्थिर सरकारबाट जनताल धेरै आशा गर्न पनि सक्दैनन् ।अञ्जना गुरुङ, गायिका
छोटो अविधका लागि गठन भएको सरकाराबाट के नै आशा गर्न सकिएला र ? सरकार गठन भएको एक महिना बितिसक्दा पनि मन्त्रीमण्डलले पूर्णता पाउन सकेको छैन, पूर्णता पाउनै ६ महिना लाग्न जस्तो छ । यस्तो सरकारबाट मैले त धेरै आशा गरेकै छैन ।अशिष्मा नकर्मी, नायिका
जनताका लागि केही गर्छु भन्ने पार्टिको नेतृत्वमा सरकार बनेको छ, त्यसैले यो सरकारबाट थोरै भए पनि आशावादी छु । तर एउटा सरकारको आयु ९ महिनाको साटो कम्तिमा ३ वर्ष पारिनु पर्छ भन्ने लागेको छ ।पवित्रा आचार्य, नायिका
प्रधानमन्त्री पुष्पकमल दाहालका भनाइहरु सुन्ने हो भने त यो सरकारबाट धेरै नै आशा गर्न सकिन्छ तर कतिपय विकासका योजनाहरु ९ महिनामै पुरा नहुने भएकाले यो सरकारले धेरै कुरा गर्न सक्छ जस्तो लाग्दैन । अघिल्लो सरकारले प्रारम्भ गरेका सम्पूर्ण योजनाहरुलाई निरन्तरता दिनु नै नयाँ बन्ने सरकारको प्रमुख दायित्य बनाउन सकियो भने मात्र ९ महिने सरकारबाट पनि धेरै आशा गर्न सकिन्छ ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...