“उडान” अष्ट्रेलियाको सांगेतिक आकाशमा 

-- The NTA / प्रकाशित मिति : मङ्लबार, भदौ २८, २०७३
14333693_10208871535918918_6082912491306298474_nअष्ट्रेलियालाई कर्मभूमी बनाएर नेपाली संगीतको क्षेत्रमा योगदान गर्दै आएका ईश्वर पोख्रेल,समिर आचार्य, सुजता उपाध्याय, संजिब पराजुलि, नरेन कुलुगं र मोक्षदा सिलवालको सामुहिक एल्बम “उडान” हालै एक कार्यक्रमका बिच सिड्नीमा सार्बजनिक भएको छ । गत सेप्टेम्बर १० तारिखका साँझ सिड्नि हर्सभिलको मरना अडिटरियमा संगीतलाई माया गर्ने दर्शक, श्रोताहरु समाजसेवी, एनआरएनए लगायत बिभिन्न संघ संस्थाका प्रतिनीधि, एनएसडब्लुका महाबाणिज्यदुत दिपक खड्का लगाएतका संगीत पारखीहरु माझ उक्त एल्बम बिमोचन तथा सांगितिक साँझ सम्पन्न भएको थियो । उडान निश्प्रभ सजि र प्रदिप चापागांईका शब्दहरु अनि न्हु बज्राचार्य, आनन्द राइ, अर्जुन पोख्रेल, कल्याण सिंह, राजनराज सिवाकोटि, हेमन्त राना र भानु ढकालको र संगितमा उडेको छ । अन्तराष्ट्रिय कलाकार समाज सिड्निले अल्प इन्टरटेन्टमेन्टको सहकार्यमा सम्पन्न गरेको उक्त सांगीतिक माहौलमा आफ्ना स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतिमा सयौं दर्शकहरुले भरपुर आनन्द लिएका थिए ।
अष्ट्रेलियामा पहिलोपल्ट यहाँ रहेर नेपाली गीतसंगीतमा लागि परेका कलाकारहरुलाई अवसर प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको आयोजक को तर्फ बाट गायक ईश्वर पोख्रेलले बताए त्यस्तै अर्का आयोजक  मनोज अधिकारीले विदेशमा रहेर गीत संगीतमा व्यवसायिक रुपले लागिपरेका कलाकारहरुलाई अवसर सृजना गर्ने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको बताए उनका अनुसार उडानलाई सिड्नीको कार्यक्रमपछि एडिलेड, ब्रिसबन र मेलबर्नमा समेत दर्शकहरु माझ पुराउन आयोजकले गृहकार्य गरिरहेको छ। 
(फोटो: सतिश फोटोग्राफी )