परदेशीको उमंगको ‘हिन्दु बौद्ध’ सार्वजनिक
काठमाडौं— केही साताअघि आफैंले लेखेको पुस्तक सार्वजनिक गरेर चर्चामा आएकी नायिका बिनिता बरालले अभिनय गरेको पछिल्लो फिल्म ‘परदेशीको उमंग’ प्रदर्शनको संघारमा छ । कात्तिक १२ गतेदेखि प्रदर्शन हुने यो फिल्मको एउटा गीत ‘हिन्दु बौद्ध…’ (जे जे नि बन्न सक्छु ) गीत सोमबार यूट्युबमार्फत प्रिमियर गरिएको छ । संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीतको यो गीतमा भारतीय गायक नाकाश अजिजको पाश्र्व गायन छ । फिल्मका निर्देशक शिव शर्माको कोरियोग्राफी रहेको यो गीतमा नायिका बिनिता बराल तथा नायक कुमार बिसीले आकर्षक नृत्य गरेका छन् ।
कुमार बिसीद्वारा निर्माण गरिएको यो फिल्ममा बिनिता बराल, कुमार बिसी, सीपी पौडेल, रामबाबु रेग्मी, शिव शर्मा, शिला श्रेष्ठ, रमेश पोखरेल, वसन्त अधिकारी आदि कलाकारले अभिनय गरेका छन् । तिहारको पूर्व सन्ध्यामा प्रदर्शन हुने यो फिल्मको अधिकांश छायांकन दुबईमा गरिएको छ । ‘परदेशीको पीडा कि त भोग्नेलाई थाहा हुन्छ कि चलचित्र परदेशीको उमंग हेर्न दर्शकलाई थाहा हुन्छ’ भन्ने नारा बोकेको यो फिल्ममा मनमा उमंग बोकेर विदेशिएको परदेशीको कथाव्यथा समेटिएको निर्देशक शिव शर्माको दावी छ ।
यस्तो छ भिडियो :
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...