लियोनार्दोलाई ओस्कर एवार्ड

अमेरिका— हलिउडका सुपरस्टार अभिनेता लियोनार्दो डिक्याप्रियोले जीवनकै पहिलो ओस्कर एवार्ड जितेका छन् । विश्वकै सबैभन्दा ठूलो फिल्म एवार्ड मानिने ओस्करमा लियोनार्डोले ‘दि रेभेनान्ट’ फिल्मका लागि उत्कृष्ट अभिनेताको ओस्कर जितेका हुन् । आफ्नो पाँचौं मनोनयनमा लियोनार्दोले यो सफलता हासिल गरेका हुन् । नेपाली समय अनुसार सोमबार बिहान वितरण गरिएको २०१६ को ओस्कार एवार्डमा ‘स्पटलाइट’ फिल्मले उत्कृष्ट फिल्मको एवार्ड जित्न सफल भएको छ । टम म्याकार्थीद्वारा निर्देशित यो फिल्म पत्रकारहरुको एउटा टिमले गरेको खोजमुलक रिर्पोटिङको कथामा आधारित छ ।
चलचित्र ‘द रुम’ का लागि ब्री लार्सनले उत्कृष्ट अभिनेत्रीको ओस्कर पाइन् । निर्देशकमा लगातार दोस्रो वर्ष अलेजान्द्रो गोन्जालेज इनारितु उत्कृष्ट भ । मेक्सिकोका यी निर्देशकले गत वर्ष ‘बर्डम्यान’का लागि निर्देशकको ओस्कर पाएका थिए । सहअभिनेतामा स्टिवन स्पिलवर्गको फिल्म ‘ब्रिज अफ स्पाइज’का लागि मार्क रिल्यान्सले पाए भने सहअभिनेत्रीमा ‘द ड्यानिस गर्ल’का लागि एलिसिया विकान्देर उत्कृष्ट घोषित भइन् ।
यसपटकको ओस्करमा सिनेमाटोग्राफी विधाको एवार्ड रेभेनान्टले, सम्पादनको एवार्ड म्याड म्याक्स : फ्युरी रोडले, एडप्टेड स्क्रिनप्लेको विधाको एवार्ड द बिग सटले, ओरिजिनल स्क्रिनप्लेको एवार्ड स्पटलाइटले तथा विदेशी भाषाको फिल्मको विधाको एवार्ड हंगेरीको ‘सन अफ सोल’ले जितेका छन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...