बाढिपीडितको घाउमा मल्हम लगाउदै जयनेपाल र गल्कोट सोसाइटि

-- ?>
img_7499अध्यान तथा रोजगारको सिलसिलामा अष्ट्रेलिया आएका गल्कोटेहरु अनि बिधार्थिहरु मिलेर केहि समयअघि बाढि पिडितकोलागि राहत संकलन अभियान सुरु गरेका थिए । सामाजिक संजाल मार्फत बाग्लुगं जिल्लाको दर्लिग र अधिकारिचौरमा बाढिले पुर्णरुपमा बिस्थापित परिवारको लागि $२३३३ संकलन गर्न सफल भएको थियो । उक्त रकममा जयनेपाल फाउन्डेसनले केहि थपेर नगद रु २ लाख नेपाल पठाइ सकेको छ।
सोहि रकमलाई बागलुंगमा रहेका फुलप्रसाद सापकोटा, सिता सापकोटा, राजेश बास्कोटा, सुवास आचार्य, जगदिश शर्मा लगायतको स्वयंसेबि समुहले करिब ४ दिन लगाएर पिडितको घरघरमा पुगेर राहत बितरण गरि फर्किएका छन । “अबिरल पानि परिरहेको र बाटो अबरुद्द हुंदा पनि  ५ /६ घन्टा पैदल हिंडेरै रकम बास्तबिक पिडितको हातमा दिन पाउंदा आनन्द आयो सबै पिडा बिर्सियौं ” स्वयमसेबि फुलप्रसाद सापकोटाले आफ्नो अनुभब सुनाउनुभयो ।img_7554
जिल्लाको दर्लिंग गाबिसका ११ परिवार र अधिकारिचौरका करिब ८९ घर गरि १०० घरपरिवारलाइ जनहि नगद रु २ हजारका दरले बितरण गरिएको सहयोगि संस्थाका प्रतिनिधि बिष्णु सापकोटाले द नेपाली टाईम्स अस्ट्रेलियालाई जानकारि गराए ।
सामाजिक संजाल मार्फतको यस सहयोग अभियानमा सहभागी सबैलाई  धन्यबाद दिंदै रकम ठाउंमा पुर्याउन केहि समय ढिला भएकोमा जयनेपाल र गल्कोट सोसाइटिका पदाधिकारीहरुले दुख व्यक्त गरेका  छन् ।