रहेनन् संगीतकर्मी वर्देवा

-- ?>

sunil-bardewa

काठमाडौं— गायक तथा संगीतकार सुनील बर्देवाको मंगलबार बेलुकी निधन भएको छ । कलेजोको समस्याबाट पीडित उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको हो । गोरेटो अनि उस्तै छ गल्ली, बिहानीमा अनि सा“झमा, जब म लगायतका वर्देवाका गीत लोकप्रिय छन् । पप गीतमा संगीत संयोजकको रुपमा समेत काम गरिरहेका वर्देवा गीतकार समेत हुन् । बर्देवाका जब म, मेरो गितार, बेस्ट अफ सुनील बर्देवा शीर्षकका एल्बम सार्वजनिक भएका छन् । एक छोरा र एक छोरीका बुवा वर्देवाकोे श्रीमतीको केही वर्षअघि नै निधन भएको थियो । बर्देवाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीकालागि बुधबार दिउ“सो नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा राखिएको थियो भने त्यही दिन पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।