भारत भ्रमण राजकीय हुनेछ-प्रधानमन्त्री
काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण राजकीय हुने जानकारी गराउँदै असल नियतका साथ दुई देशवीच विश्वासको वातावरण बनाउन केन्द्रित हुने बताउनुभएको छ ।
व्यवस्थापिका–संसद्को बुधवारको बैठकमा भारत भ्रमणबारे जानकारी दिदै प्रधानमन्त्री दाहालले नेपाल र भारतबीच रहँदै आएको सहयोगात्मक सम्बन्ध विस्तार गर्ने बताउनुभयो ।
प्रधानमन्त्री दाहाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा भारतको चारदिने भ्रमणका लागि भोलि बिहिवार त्यसतर्फ जाँदै हुनुहुन्छ ।
भारत भ्रमणका क्रममा विगतमा भएका आर्थिक र भौतिक पूर्वाधारसम्बन्धी परियोजना निर्माणका बारेमा छलफल र विचारविमर्श हुने प्रधानमन्त्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘हुलाकी मार्गको पहिलो चरणको निर्माणको कामको शीघ्र थालनी, दोस्रो चरणको निर्माणका बारेमा छलफल, ऊर्जा व्यापार सम्झौता, पञ्चेश्वर आयोजनाको अध्ययन प्रतिवेदनको कार्यान्वयलगायतका बारेमा छलफल हुनेछ ।’
नेपालको व्यापारघाटा कम गर्न, सीमापार रेल सेवा विस्तार छिटो सम्पन्न गर्ने विषयमा समेत छलफल र विचारविमर्श हुने प्रधानमन्त्री दाहालले जानकारी दिनुभयो ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...