सुधिरा शाहको तस्वीर पुस्तक सार्बजनिक

-- The NTA / प्रकाशित मिति : बिहिबार, भदौ ३०, २०७३
sudhira-book-lunchअस्ट्रेलियालाई दोश्रो घरको रुपमा रोजेका सयौं नेपाली परिवारहरुको छोटो परिचय सहित सचित्र एउटै पुस्तकमा समाबेश भएको फोटोग्राफर सुधिरा शाहको अत्यन्त महत्वाकांक्षी तस्वीर पुस्तक  “फार एण्ड अवे – नेपलीज फ्यामीलीज ईन अष्ट्रेलिया”  हालै सिड्नीमा बिमोचन भएको छ । गत सेप्टेम्बरको ११ मा सिड्नीको पारामाटा टाउनहलमा छायाँ आप्रवास मामिला सम्बन्धी मन्त्री एवं  अस्ट्रेलियन संघीय संसद मिसेल रोल्याण्ड र गैर आवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष शेष घलेले संयुक्त रुपमा उक्त पुस्तकको बिमोचन गरेका छन् ।
सन् २०१३ मा एडेलेडबाट सुरु भएको उक्त पुस्तकका लागि फोटो खिच्ने र परिबारिको जानकारी लिपिबद्द गर्ने क्रममा शाह र उनको टिमद्धारा अष्ट्रेलियाको आठैवटा राज्यहरु भ्रमण गरेका थिए र  करीब ३ वर्षको यो दौरानमा उक्त पुस्तकमा ४ सय ६६ परिवारहरु समेट्न सफल भएको  छन् ।
कर्यक्रममा गैर आवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष शेष घलेले नेपाली समुदायकै लागि एउटा ठुलो सम्पति सरह यस पुस्तक प्रकाशन गर्न सफल भएकोमा सुधिरा शाह सहित प्रकाशन टिमलाई बधाई दिएका थिए । त्यस्तै कार्यक्रममा बोल्दै छायाँ आप्रवास मामिला सम्बन्धी मन्त्री एवं  अस्ट्रेलियन संघीय संसद मिसेल रोल्याण्ड र पारामाटा क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघीय सांसद जुली ओनसले अस्ट्रेलियन बहुसांसकृतिक समुदायमा एकदमै छिटो बढीरहेको नेपाली समुदायभित्रबाट यस्तो पुस्तक प्रकाशन भएकोमा प्रशन्नता व्यक्त गरेका थिए। समाजसेवी दिपक बिष्टको स्वागत भाषणबाट सुरु भएको उक्त कार्यक्रममा बैज्ञानिक एबम एनआरएनए स्किल टास्कका संयोजक डा राजु अधिकारीले पुस्तक माथि आफ्नो धारणा राख्नु भएको थियो ।  त्यसै गरि न्यु साउथ वेल्सका लागि नेपाली महाबाणिज्यदूत दिपक खड्काले पुस्तक प्रकाशन टिमलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो । नारी निकुञ्ज अस्ट्रेलियाकी सचिब प्रतिज्ञा अधिकारीले संचालन गरेको उक्त कार्यक्रममा पारिबारिक परिचयलाई पुस्तकमा  लिपिबद्द गर्नु भएका पत्रकार योगेन्द्र विष्टले प्रकाशनका क्रममा र सूचना संकलनक्रममा भोगेका अनुभबहरु बाड्नु भएको थियो भने फोटोग्राफर सुधिरा शाहले फोटो खिच्ने क्रममा र पुस्तक प्रकाशनक्रम भोगेका अनुभब हृदयस्पर्शी रुपमा सबै सामु राख्नु भएको थियो । त्यस्तै प्रकाशन टिमका विजय प्रधानले पुस्तक प्रकाशनका क्रममा नेपाली समुदाय, संघ संस्था र मिडियाबाट पाएको सहयोगको प्रसंशा गर्दै सबैलाई धन्यबाद व्यक्त गर्नु भएको थियो ।  sudhira-book-lunch-2
कार्यक्रममा दिइएको जानकारी अनुसार यस पुस्तकमा एनएसडब्ल्यु राज्यबाट १७०, क्वीन्सल्याण्डबाट ४६, नर्दन टेरटोरीबाट ४९, पश्चिम अष्ट्रेलियाबाट ६४, दक्षीण अष्ट्रेलियाबाट ३१, भीक्टोरीयाबाट ७८, अष्ट्रेलियन क्यापीटल टेरिटेरीबाट १९ र तास्मानीयाबाट ९ जना परिवारहरु सामेल छन् । अत्यन्तै जीवन्त तस्वीरहरु र पारिबारिक कथा सहित ४९६ रंगीन पेज रहेको यो पुस्तक हार्ड कभरमा प्रकाशित छ । सिमीत संस्करणमा मात्र प्रकाशित यस पुस्तक बिमोचन पश्चात सबैको लागि उपलब्ध भए पनि पुस्तक बिक्रि गर्ने क्रममा पहिलो प्राथमिकता पुस्तकमा भाग लिएका परिवारहरुले पाउने प्रकाशन टिमका बिजय प्रधानले द नेपाली टाईम्स अस्ट्रेलियालाई बताए। उनका अनुसार संसारको जुन सुकै ठाउँबाट पनि  www.nepalesefamiliesaustralia.com.au मा गएर किन्न सक्ने सुबिधा रहेको छ  । पुस्तकका बारेमा थप जानकारीका लागि farandaway2016@gmail.com वा +61 (0)450 477 606 मार्फत सम्पर्क गर्न सकिनेछ ।