प्रधानमन्त्री भारत प्रस्थान

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल अहिले बिहान ११ः३० बजे भारत भ्रमणमा निस्कनु भएको छ । भारतको चारदिने राजकीय भ्रमणको लागि प्रधानमन्त्री नेपाल वायु सेवा निगमको फ्लाइट नम्बर आरएनए २०५ मार्फत भारत प्रस्थान गर्नु भएको हो ।
प्रधानमन्त्रीलाई बिदाइ गर्न सभामुख ओनसरी घर्तीमगरसहित उपप्रधामन्त्रीद्वय विमलेन्द्र निधि तथा कृष्णबहादुर महरा विमानस्थलमा पुग्नु भएको थियो ।
प्रधानमन्त्रीको भ्रमण टोली १ सय २५ सदस्यीय रहेको छ । टोलीका ४८ सदस्य सरकारी र अरू निजी खर्चमा जान लागेका हुन् ।
परराष्ट्रमन्त्री प्रकाशशरण महतलगायत भ्रमण टोलीका १५ सदस्यीय कोर टोली राष्ट्रपति भवनमा बस्नेछन् भने अन्यलाई होटल ताजमा राखिने बताइन्छ ।
यसअघि मन्त्रिपरिषद्को हिजो बुधबारको बैठकले प्रधानमन्त्रीको भारत भ्रमणका एजेन्डाहरू पारित गरेको थियो ।
भ्रमण क्रममा भूकम्पका बेला भारतले दिने भनिएको सहुलियत ऋण सहयोगमा सम्झौता हुने भएको छ । भारतले भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि एक खर्ब रुपैया“ सहयोग दिने प्रतिबद्धता काठमाडौंमा भएको दाता सम्मेलनमा गरेको थियो ।
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.ऋषिराज अधिकारीका अनुसार प्रधानमन्त्री दाहालले पञ्चेश्वर आयोजनाको डीपीआर तथा सयदेखि तीन सय मेघावाटसम्मको कुनै एक जलविद्युत् आयोजनामा भारतीय सहयोग जुटाउने प्रयास गर्नेछन् ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...