प्रधानमन्त्री भारत प्रस्थान

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल अहिले बिहान ११ः३० बजे भारत भ्रमणमा निस्कनु भएको छ । भारतको चारदिने राजकीय भ्रमणको लागि प्रधानमन्त्री नेपाल वायु सेवा निगमको फ्लाइट नम्बर आरएनए २०५ मार्फत भारत प्रस्थान गर्नु भएको हो ।
प्रधानमन्त्रीलाई बिदाइ गर्न सभामुख ओनसरी घर्तीमगरसहित उपप्रधामन्त्रीद्वय विमलेन्द्र निधि तथा कृष्णबहादुर महरा विमानस्थलमा पुग्नु भएको थियो ।
प्रधानमन्त्रीको भ्रमण टोली १ सय २५ सदस्यीय रहेको छ । टोलीका ४८ सदस्य सरकारी र अरू निजी खर्चमा जान लागेका हुन् ।
परराष्ट्रमन्त्री प्रकाशशरण महतलगायत भ्रमण टोलीका १५ सदस्यीय कोर टोली राष्ट्रपति भवनमा बस्नेछन् भने अन्यलाई होटल ताजमा राखिने बताइन्छ ।
यसअघि मन्त्रिपरिषद्को हिजो बुधबारको बैठकले प्रधानमन्त्रीको भारत भ्रमणका एजेन्डाहरू पारित गरेको थियो ।
भ्रमण क्रममा भूकम्पका बेला भारतले दिने भनिएको सहुलियत ऋण सहयोगमा सम्झौता हुने भएको छ । भारतले भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि एक खर्ब रुपैया“ सहयोग दिने प्रतिबद्धता काठमाडौंमा भएको दाता सम्मेलनमा गरेको थियो ।
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.ऋषिराज अधिकारीका अनुसार प्रधानमन्त्री दाहालले पञ्चेश्वर आयोजनाको डीपीआर तथा सयदेखि तीन सय मेघावाटसम्मको कुनै एक जलविद्युत् आयोजनामा भारतीय सहयोग जुटाउने प्रयास गर्नेछन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...