नायिकासंग डाक्टरको अभिनय

काठमाडौं— वीर अस्पतालको ट्रमा सेन्टरमा कार्यरत चिकित्सक विक्रान्त मेहता गायकको रुपमा स्थापित हुने सम्भावना बढेको छ ।
डा.मेहताले हालै सार्वजनिक गरेको आफ्नो दोस्रो म्युजिक भिडियो कम समयमै दर्शकको रोजाइमा परेको छ ।
गायिका अञ्जु पन्तसंग यूगल गायन गर्दै डा.मेहताले गाएको ‘फूलको सुवास…’ गीतले कम समयमै दर्शकको मन जितेको हो ।
अर्जुन अधिकारीद्वारा निर्देशित उक्त भिडियोमा डा.मेहताले नायिका केकी अधिकारीसंग अभिनय तथा नृत्य गरेका छन् ।
डुमरिया, रौतहटमा जन्मिएका डा.मेहताको यो नया“ गीतकार रचनाकार नारायण खरेल हुन् भने विशाल हुमागाई“ यो गीतका संगीतकार हुन् ।
हरि हुमागाईंद्वारा छायांकन गरिएको यो भिडियोका सम्पादक निशान घिमिरे हुन् ।
बाल्यकालदेखि नै संगीतमा रुची राख्ने डा.मेहता करिव तीन वर्षदेखि सांगीतिक क्ष्ँेत्रमा पनि सक्रिय छन् ।
हालसम्म पाच वटा गीत रेकर्ड गरिसकेका डा.मेहता केही समयपछि नै एकल एल्बम लिएर स्रँेतामाझ आउने तयारी समेत गरिरहेका छन् ।
केही चलचित्रमा पाश्र्व गायन समेत गरिसकेका डा.मेहतालाई चलचित्रका संगीतकारहरुले समेत रुचाएका छन् । चिकित्सा पेशामा सक्रिय रहे पनि डा.मेहताले संगीतलाई संगसंगै अघि लैजाने योजना बनाएका छन् ।
संगीतकर्मी गुरुदेव कामत तथा राम सिटौलासंग संगीतको औपचारिक प्रशिक्षण लिएका डा.मेहताले यसअघि गायिका रजिना रिमालसंग यूगल गायन गरेको ‘तिम्रै तिम्रो…’ गीत पनि लोकप्रिय भएको थियो ।
फूलको सुवास…को भिडियो यस्तो छ :
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...