पत्रकार सम्मेलनमा मोदीको भनाइ

काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहाल तथा भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्तापछि दुबै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्दै छलफलबारे सञ्चारकर्मीहरुलाई जानकारी गराएका छन् ।
पत्रकार सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री दाहालकै पालामा वार्ता र संवादमार्फत संविधान कार्यान्वयनका लागि काम हुनेछ भन्ने विश्वास लिएको बताउनु भयो ।
भूकम्पपछिको पुनर्निर्माणमा ७५ अर्ब रुपैयाँ सहयोग प्रदान गर्ने बताउ“दै मोदीले दुई देशको सुरक्षाको सवाल एक अर्कासंग जोडिएको बताउनु भयो ।
विकास र सम्बृद्धिका लागि दुबै देश मिलेर अगाडी बढ्नु आवश्यक छ भन्दै प्रधानमन्त्री मोदीले खुला सीमा सुरक्षाका लागि दुबै देशका सुरक्षा निकाय मिलेर काम गर्न जरुरी भएको धारणा व्यक्त गर्नु भयो ।
विकासका लागि नेपालसंग सहकार्य गरेर अगाडि बढ्न भारत तयार भएको बताउ“दै मोदीले नेपालका प्रधानमन्त्री दाहालले नेपालको लोकतान्त्रिक अभ्यासमा खेल्नुभएको भूमिकाको सराहना गर्दछु भन्दै अगाडीका काममा सफलता मिलोस् भनि कामना गर्दछु भन्नु भयो ।
‘समय–समयमा हाम्रो मित्रताको परीक्षण हु“दै आएको छ । केही अप्ठेरा परिस्थितिबाट पनि गुज्रियौं । जसरी हामी एक–अर्काको सफलता साटासाट गर्छौं, उसैगरी समस्या परेका बेला मद्धत पनि गछौं, प्रधानमन्त्री मोदीको भनाइ छ—‘म विश्वस्त छु आजको हाम्रो छलफलले आगामी दिनमा मित्रता झनै गाढा बनाएर अगाडी बढ्न मद्धत मिल्नेछ । हाम्रो पुरानो मित्रता झनै बलियो हुनेछ । हामीले मित्रताको नया“ अध्याय सुरु गरेका छौं ।’
आयुर्वेदिक औषधीको विकासमा नेपालसग सहकार्य गर्ने, चलिरहेका विद्युत सहकार्यमा सहयोग रहने, व्यापार, सञ्चारका सबै क्षेत्रमा सहकार्य र लगानी गरेर अगाडी बढ्नु नेपाल–भारत मित्रताको राम्रो अवसर भएको प्रधानमन्त्री मोदीले स्पष्ट पार्नु भयो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...