बालप्रतिभा प्रथम पुरस्कार समिका जिसीलाई

आजका बालबालिकाहरु भोलिका कर्णधार हुन, हाम्रो समुदायमा लुकेर रहेका बाल प्रतिभाहरुलाई एउटा मन्च दिएर उनिहरु भित्र लुकेको क्षमतालाई उजागर गराउने उद्देश्यले नेप्लिज अष्ट्रेलियन युथ एशोसिएसन (नया) ले लाहुरि टिभिको सहकार्यमा आयोजना गरेको बाल प्रतिभा २०१६ सम्पन्न भएको छ ।
अत्यन्तै मनोरन्जनपूर्ण रहेको उक्त फाइनल प्रदर्शनको नतिजा अनुसार सिमोन श्रीपालीले सबै भन्दा धेरै अन-लाइन मत प्राप्त गरि साइबर अवार्ड हात पर्न सफल भएकी छन् । त्यसै गरि सेकेन्ड रनरअपमा सरिना सैजु, प्रथम रनर-अपमा सचेस्टा श्रेष्ठ छिन् भने समिका जिसीले टाइटल अवार्ड प्राप्त गर्न सफल भएकी छन् । उक्त प्रतियोगिताका बिजेता, प्रथम र दोश्रा रनरअपहरुलाई क्रमश अस्ट्रेलियन १००० , ५०० र ३०० पुरष्कारको पनि ब्यबस्था गरिएको थियो। कार्यक्रममा अथिति कलाकार श्रेया चुडाल र आयुष्का खनियाको बेजोड प्रस्तुतिले दर्शकहरुको ध्यान आकर्षित गरेका थिए । बाल प्रतिभा ग्रान्ड फाइनल सम्पन्न भएकोमा सन्तोष ब्यक्त गर्दै नयाका अध्यक्ष्य कोमल पाठकले आज का बाल बालिकाहरु भोलिका भविष्य भएको र यो स्थान सम्म आइपुग्दा सम्म सहयोग गर्ने सम्पूर्ण अभिभावक, नया टिम तथा लाहुरे टि भीका स्वयम सेवकहरुलाई धन्यबाद दिए। लाहुरी टि भीका निर्देशक जीवन डी सिले सम्पन्न यस कार्यक्रम समूदायका बाल बालिकाहरुलाई प्रोत्साहन गर्ने एउटा राम्रो प्लेटफर्म रहेको बताउदै आऊँदा दिनहरुमा अरु राम्रा कार्यक्रमहरु ल्याउने बताए । बाल प्रतिभाको यस कार्यक्रमलाई सुरु देखि संयोजन गरेकी पूजा चन्दले कार्यक्रमको समापन सम्म आइपुग्दा सबै बाट प्राप्त सहयोग प्रति आभार ब्यक्त गरिन ।
कार्यक्रम गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका कार्यबाहक अध्यक्ष दिनेश पोखरेलको अथित्यतामा सम्पन्न भएको थियो भने कार्यक्रममा आइसिसि युवा संयोजक बिजय पोखरेल, ओसिनिया संयोजक महेन्द्र लम्साल, आइसिसि सदस्यहरु प्रकाश जिसी, धर्मराज अधिकारी, सह सचिब भिष्म भण्डारी, खेलकुद संयोजक नन्द गुरुङ, सदस्य राज खनाल लागाएत विभिन्न समूदायिक संघ-संस्थाका प्रतिनिधि, मीडिया तथा सर्वसाधारण समूदायको अपार सहभागिता रहेको यस बालप्रतिभा ग्रान्ड फाइनलको टाईटल स्पोन्सर बि एंड बि कन्सल्टिंगले गरेको थियो भने बुथ स्ट्रीट बिष्ट्रो र गणेश ज्वेलरीले पनि कार्यक्रमको स्पोंसोर गरेका थिए।
सोहि अवसरमा सिड्निमा रहेर नेपाललाई शारिरिक सुगठन खेल मार्फत संसारभर चिनाउन लागेका सन्तोष श्रेष्ठ ,प्रकृति श्रेष्ठ र सन्जिब चौधरिलाई सम्मान समेत गरिएको थियो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...