नाइफाको अधिबेशन सम्पन्न, अध्यक्षमा सागर अधिकारि 

-- The NTA / प्रकाशित मिति : सोमवार, अशोज ३, २०७३
img_7669संसारको जुनसुकै कुनामा रहेपनि नेपाल र नेपालिको हितमा काम गर्नुपर्छ भन्ने मान्यता लिएर करिब २ बर्षअघि सिडिनिका युवाहरुले गठन गरेको सामाजिक संस्था नेपलिज युथ फोरम अष्ट्रेलिया(नाइफा) को पहिलो साधारण सभा तथा अधिबेशन सम्पन्न भएको छ । सेप्टेम्बर  १७ तारिखका दिन सिड्नि कोग्रामा रहेको एभरेष्ट तन्दुरिमा उक्त बैठक तथा अधिबेशन सम्पन्न भएको हो ।
बार्षिक बैठकसंगै आयोजित उक्त कार्यक्रमबाट नयां कार्यसमितिको घोषणा गरिएको छ । नयां कार्यसमितिको अध्यक्षमा सागर अधिकारी, उपाध्यक्षमा मुक्तिराम पोखरेल, महासचिवमा अरुण गौतम, सचिवमा दामोदर रावल, कोषाध्यक्षमा अर्जुन अखेलि क्षेत्रि रहेका छन भने सदस्यहरुमा सुवास लामीछाने, सिर्जना खड्का, निर्मल ढुङ्गाना, दिवाकर काफ्ले, महेश्वर शर्मा, समिर आचार्य, नम्रता शर्मा, युवराज अधिकारी, झलक गुरुङ, ललित रोका, प्रवेश अधिकारी रहेका छन । साथै अन्य ५ सदस्य पछि थप गरिने संस्थाका नब निर्वाचित अध्यक्ष सागर अधिकारिले नेपालि टाईम्ससंगको कुराकानिमा बताउनुभएको छ । सोहि बैठकबाट ५ सदस्यिय सल्लाहाकार समिति पनि गठन गरिएको छ ।  जसमा फिजीका लागि नेपाली सांकृतिक राजदुत भिमसेन सापकोटा, नेपाल पर्यटन बोर्डका प्रतिनिधि बद्रि अर्याल, नेप्लिज फ्रेन्ड्स अफ लिबरलका संयोजक श्री नापित, दीपक जोशी  र भट्टराई रहनुभएको छ ।
उक्त कार्यक्रममा उपस्थित सामाजिक अगुवा र अतिथिहरुले नयां कार्यसमितीका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिएका थिए। अरुण गौतम र सागर अधिकारिले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष मुक्तिराम पोखरेलले स्वागत मन्तव्य दिनुभएको थियो ।