प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहालको आज सोमबारदेखि हुने भनिएको अमेरिका भ्रमण रद्द भएको छ ।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री आज अमेरिकाको न्यूयोर्क जाने कार्यक्रम तय भएको थियो ।
हिजो दिउसो भारत भ्रमणबाट फर्किनु भएका प्रधानमन्त्री दाहालले अमेरिका भ्रमण स्थागित गरेको प्रधानमन्त्रीको स्वकीय सचिवालयले जानकारी दिएको हो ।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन् अमेरिका जाने आफ्नो पूर्व निर्धारित कार्यक्रम रद्द गरिएकोबारे प्रधानमन्त्रीले कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत जानकारी गराई सक्नु भएको छ ।
दसैंअघि नै संविधान संशोधन गरी मधेशी मोर्चाका माग पूरा गरी राजनीतिक समस्या समाधान गर्न आफूले गरेको वाचा अनुसार प्रधानमन्त्रीले अमेरिका नजाने निर्णय लिएका लिनु भएको बुझिएको छ ।
यस्तो छ विज्ञप्ती
मधेशी, थारु, जनजातिका प्रतिनिधि लगायत आन्दोलनरत दलहरुले अहिले विदेश भ्रमण गर्नुभन्दा प्रधानमन्त्रीले उनीहरुका समस्या सम्बोधनमा ध्यान दिनुपर्छ भन्ने आवाज उठाएको बर्तमान अवस्थामा विदेश भ्रमण होइन, संविधान कार्यान्वयन र पूनर्निर्माणका काममा प्रधानमन्त्री लाग्नुपर्छ भन्ने जनआवाज आएको सन्दर्भलाई विचार गरेर देशभित्रकै समस्यालाई समाधानमा ध्यान केन्द्रित गर्ने उद्धेश्यले जनआवाजलाई समेत ख्याल गरेर संयुक्त राष्ट्र संघको ७१ औं साधारण सभामा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डले भाग लिन जाने कार्यक्रम रद्द गरिएको छ ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...