महावीरको अभियानमा प्रमोदको सहयोग

काठमाण्डौं- म्यागासेसे विजेता सामाजिक अभियन्ता महाबिर पुनको आविष्कार केन्द्र निर्माणको अभियानमा गायक प्रमोद खरेलले साथ दिएका छन् । उनले क्यानडास्थित टोरोन्टोमा बस्ने नेपालीहरुबाट उठाएको एक लाख २१ हजार चारसय पच्चिस रुपिँया रकम उनको अभियानका लागि प्रदान गरेका छन् । सोमबार उनले राजधानीस्थित लाजिम्पाटमा भेटघाटका विच सहयोग रकम हस्तान्तरण गरे । गायक खरेल गत अगस्त महिनामा क्यानडामा नेपालीज क्यानेडियन कम्युनिटी सर्भिसेजले आयोजना गरेको ‘हिमालयन मेला’ मा सहभागी हुन गएका थिए । ‘त्यहि अवसरमा फ्यानहरुसँग सानो साँगितिक जमघटको आयोजना गरेको थिए,’ उनले भने, ‘त्यही जमघटमा मैले महावीरको अभियानका लागि सहयोग गर्न अपिल गरे । र, सहयोग संकलन भयो ।’
महावीरले सहयोग रकम लिँदै अभियानमा कलाकारले पु¥याइरहेको सहयोगको प्रशंसा गरे । ‘कलाकारका धेरै प्रशंसक हुन्छन् । उहाँहरुमार्फत धेरै सहयोग जुट्न सक्छ । अझै धेरै सहयोग गर्नुहुनेछ भन्नेमा म आशावादी छुँ,’ उनले भने । गायक खरेलले उनको अभियानमा सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । ‘यो शुरुवात मात्र हो ,’ उनले भने, ‘सांगितिक टुरका लागि विदेश जाँदा म अभियानका लागि सहयोग गर्न अपिल गरिरहनेछुँ । ’

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...