काठमाडौंका विद्यालयमा बम

काठमाडौं— राजधानी काठमाडौंका दुई वटा स्कुलमा आज मंगलबार बिहानै बम विष्फोट भएको छ भने ६ वटा स्कुलमा बम फेला परेको प्रहरीले जनाएको छ । बिष्फोटबाट मानवीय क्षति भने भएको छैन ।
महानगरीय प्रहरी परिसर काठमाडौंले जनाए अनुसार बौद्धस्थित आकाशदीप बोर्डिङ स्कुल तथा मनकामना उमाविमा सिलिन्डर बम विस्फोट भएको हो । सानो आकारको सिलिन्डरलाई बमका रुपमा प्रयोग गरिएको र विस्फोटका कारण कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । आकाशदीपको गेटमा क्षति पुगेको छ भने मनकामना स्कुलको पछाडि भागमा विष्फोट भएको हो । दुबै स्कुलमा बिहान करिब पौने ४ बजे बम विष्फोट भएको हो ।
बौद्ध क्षेत्रमै रहेको इस्टपोल एकेडेमी, एम्बेस्ड एकेडेमी, राई स्कुल तथा बालसंसार स्कुलमा पनि बिहानै शंकास्पद वस्तु भेटिएको थियो । ती वस्तु बम नभएको पुष्टि भएको छ । सानेपाको रेडियन रिडर्स एकेडेमी तथा डल्लुको कन्चनजञ्घा स्कुलमा पनि प्रेशरकुकर बम भेटिएको छ । शङ्कास्पद वस्तु र बम राखिएका स्थानमा योङ कम्युनिस्ट फोर्स तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र लेखिएको पर्चा भेटिएका छन् ।
विष्फोट गराएको आशंकामा दुई जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रमसिंह थापाले जानकारी दिएका छन् ।
विस्फोट गराइएको स्थानमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र तथा योङ कम्युनिस्ट फोर्स नेपाल लेखिएको को पर्चा छरिएको छ । दुवै संगठन देवेन्द्र महतो नेतृत्वको माओवादी कम्युनिस्ट केन्द्र नेपाल भन्ने पार्टीका हुन् । आपराधिक गतिविधिमा संलग्न महतो पटक पटक पक्राउ परिसकेका छन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...