जगदम्बाश्री र मदन पुरस्कारको घोषणा

-- ?>

puraskar

काठमाडौं-मदन पुरस्कार गुठीले साहित्यकार लीलबहादुर क्षेत्रीलाई जगदम्बाश्री र ‘ऐना’ कथासंग्रहका लागि रामलाल जोशीलाई मदन पुरस्कार दिने घोषणा गरेको छ । हिजो मंगलबार बसेको गुठीको साधारणसभा बैठकले ६० वर्षभन्दा लामो समयदेखि नेपाली भाषा र साहित्यको श्रीबृद्धिका लागि निरन्तर समर्पित रहेका क्षेत्रीलाई २०७२ सालको जगदम्बाश्री पुरस्कार दिने निर्णय गरेको हो ।
०७२ सालमा प्रकाशित पुस्तकहरु मध्ये ‘ऐना’ का लागि जोशीलाई मदन पुरस्कार दिने निर्णय भएको गुठीका कार्यालय सचिव गजेन्द्रनाथ रेग्मीद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।