सिड्नी मेट्रो कलेज नवाज कप २०१६ को उपाधि ग्रयानभिल राइनोलाई 

-- The NTA / प्रकाशित मिति : बुधबार, अशोज ५, २०७३
14409173_10210606236022549_230451658_nनेप्लिज अस्ट्रेलियन वेलफेर सोसाइटीले बिगत लामो समय देखि सिड्नीमा आयोजाना गर्दै आइरहेको नवाज कप सकर प्रतियोगिता हालै सम्पन्न भएको छ । गत मे १ बाट सुरु भएको यस प्रतियोगितामा १९ टिमले भाग लिएका थिए, टिमहरुलाई ४ भागमा बिभाजन गरि लिग खेलाइएको थियो । त्यसका साथै साना  बाबुहरु बीच किड्स म्याच र ३५+ का बीचको खेलहरु पनि सम्पन्न भइ सकेको छ।
गत सेप्टेम्बर १८ तारिकका दिन सधै झैँ लिडकम्ब स्थित वायात पार्कमा सम्पन्न फ़ाइनल खेलमा ग्रयानभिल राइनोले द राइजिङ्ग गुर्खालाई ४-३ ले पेनल्टी शूटआउटमा हराउदै उपाधि चूम्न सफल भएको थियो । सुरुमा २-० ले अग्रता लिएको द राइजिङ्ग गुर्खालाई अन्तिम समयमा ग्रयानभिल राइनोले बराबरीमा रोक्न सफल भयो।  अतिरिक्त समयमा पनी खेल बराबरी भए पछि खेल पेनल्टी शूट आउटमा गएको थियो, अन्तत समुल श्रेष्ठको उत्कृष्ट प्रदर्शनले ग्रयानभिल राइनो यस पटकको सिड्नी मेट्रो कलेज नवाज कप २०१६ को चाम्पीयन भएको छ।
भारी वर्षाको बबजुत पनि उल्लेख्य संख्यामा उपस्थित दर्शकले भरि भराउ खेल मैदान रमणीय देखिएको थियो भने खेलाडीहरुलाई थप उत्साहा थपेको थियो।  सोहि दिन नै संपन्न तेस्रो उपाधिको खेलमा माछापुच्छ्रे फुटबल कल्बले सेंट जोर्ज फ़्रेंड्ज़लाई पछि पर्दै बिजयी बन्न सफल भयो।  त्यसै गरि ३५+ बीच सम्पन्न खेलमा पनि  माछापुच्छ्रे फुटबल कल्ब बिजयी बन्न सफल भयो भने सेंट जोर्ज फ़्रेंड्ज़ले दोश्रो स्थानमा चित बुझाएको छ ।
प्रतियोगिता सम्पन्न पश्चात सोही दिन बिजयी टिमलाई पुरस्कार बितरण गरिएको थियो । जस अन्तर्गत प्रथम टिमलाई शील्ड साथै नगद १२०० डलर, दोश्रो टिमलाई नगद ६०० डलर  र तेश्रो टिमलाई नगद ३५० डलर प्रदान गरिएको थियो । प्रतियोगितामा म्यान अफ द सेरिज सुपर गुरुङ (GRFC) म्यान अफ द फाइनल समुल श्रेष्ठ (GRFC), उत्कृष्ट गोल किपर तुम या हंग (MFC), बेस्ट डिफेन्डर सुदिप छेत्री (SGFFC), बेस्ट मिड-फिल्डर सुनिल भण्डारी (TRG), गोल्डन बुट राजेश श्रेष्ठ (HYC) लाई एनआरएनए एनएसडब्लु संयोजक दिनेश पोखरेल, नेपाल सरकार पर्यटन बोर्डका प्रतिनिधि बद्रि अर्याल र नवाजका अध्यक्ष बिनोद शर्माले संयुक्त रुपमा प्रदान गर्नु भएको थियो । कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवीहरु र खेल प्रेमी माहानुभाबहरुको बाक्लो उपस्थिति थियो।