नेपाल महोत्सवको तयारी तीब्र बिभिन्न २४ उपसमिती गठन

-- NTA REP. ?>

nepal-mahotsavडेढ महिनापछि सिड्नीमा हुन लागेको नेपाल महोत्सवको तयारी तिब्र रुपमा अघि बढाइएको छ । महोत्सवलाई सफल बनाउनका लागि २४ वटा उपसमिती निर्माण गरेर तयारी शुरु गरिएको आयोजकले जानकारी दिएको छ ।
प्रत्येक दुईबर्षमा अष्ट्रेलियाका बिभिन्न शहरहरुमा नेपाल महोत्सवको आयोजना हुने गरेको छ । नेपालको पर्यटन र कला संस्कृतीको प्रबद्र्धन नै मुख्य उद्देश्य राखेर गरिने महोत्सवले नेपालको पर्यटकीय क्षेत्रमा केहीमात्र भएपनि योगदान दिनसक्ने विश्वास आयोजक संस्था एनआरएनका उपादक्ष्य तथा संयोजक दिनेश पोखरेलले बताएका छन् । संयोजक पोखरेलका अनुसार यही नोभेम्बरको २६ तारिखमा सिड्नीमा हुन लागेको नेपाल महोत्सवमा यसपालि नेपालको चर्चित सांगितिक ब्याण्ड कन्दरा र गायकगायिका अञ्जु पन्त र सुगम पोखरेल अष्ट्रेलिया आउँदैछन् । महोत्सवलाई सांगितिक बनाउन र मनोरञ्जन दिनका लागि सांगितिक टोलीलाई नेपालदेखि बोलाइएको हो ।
गैर आवासीय नेपाली संगठन अष्ट्रेलियाका बिभिन्न राज्यहरुमा रहेका शाखाहरुले नेपाल महोत्सवको आयोजना गर्दै आएका छन् । जसमा क्यानबेरामा रहेको नेपाली दुतावास र बिभिन्न राज्यहरुमा रहेका अवैतनिक बाणिज्यदुतावासहरुको सहयोग रहने गरेको छ भने अन्य संघसंस्थाहरुले समेत सहकार्य गर्ने गरेका छन् । विदेशमा रहेर पनि नेपालको पर्यटकीय क्षेत्रको बिकासमा योगदान पुरयाउने विशुद्ध उद्देश्य रहेकाले महोत्सवले नेपालको पर्यटन प्रबद्र्धनमा महत्वपुर्ण सहयोग पुरयाउने पोखरेलले जानकारी दिए ।
यसपालीको महोत्सवमा करिब ५० हजारको सहभागिता रहने दाबी आयोजकले गरेको छ । महोत्सवमा सहभागी हुने बिदेशी दर्शकहरुलाई नेपालको पर्यटन सम्बन्धि जानकारी दिनका लागि ‘नेपाल हाउस’ निर्माण गरिने र त्यसको माध्यमबाट आउनेजति सबैलाई नेपालसम्बन्धि जानकारी प्रदान गरिने एनआरएन अष्टेलियाका प्रवक्ता डा. ज्ञानेन्द्र रेग्मीले बताए ।
महोत्सवमा अष्ट्रेलियाली सरकारका प्रतिनिधीहरुका साथै अष्ट्रेलियाका स्थानीय राजनीतिक दलका नेता तथा सांसदहरुको उपस्थिती रहने प्रवक्ता डा. रेग्मीले जानकारी दिए । महोत्सवमा बिभिन्न ४० बढी स्टलहरु राखिनेछ जसमा पर्यटन प्रबद्र्धन गर्ने बिभिन्न स्टलहरुका साथै नेपाली परम्परागत खाना, स्थानीय नेपाली ब्यवसाय स्टलहरु हुनेछन ।
आयोजकका अनुसार सबैभन्दा पहिलो महोत्सव ब्रिसबनमा यही नोभेम्बरको १२ तारिखमा आयोजना हुदैछ भने सिड्नीमा २६ तारिख र मेलबर्नमा डिसेम्बरको १७ तारिखमा आयोजना गर्ने तय भएको छ । यसैगरि एडिलेड, पर्थ, डार्विन लगायतका स्थानमा महोत्सवको मिती तय भइनसकेको प्रवक्ता रेग्मीले जानकारी दिए ।