नेपाल महोत्सवको तयारी तीब्र बिभिन्न २४ उपसमिती गठन

डेढ महिनापछि सिड्नीमा हुन लागेको नेपाल महोत्सवको तयारी तिब्र रुपमा अघि बढाइएको छ । महोत्सवलाई सफल बनाउनका लागि २४ वटा उपसमिती निर्माण गरेर तयारी शुरु गरिएको आयोजकले जानकारी दिएको छ ।
प्रत्येक दुईबर्षमा अष्ट्रेलियाका बिभिन्न शहरहरुमा नेपाल महोत्सवको आयोजना हुने गरेको छ । नेपालको पर्यटन र कला संस्कृतीको प्रबद्र्धन नै मुख्य उद्देश्य राखेर गरिने महोत्सवले नेपालको पर्यटकीय क्षेत्रमा केहीमात्र भएपनि योगदान दिनसक्ने विश्वास आयोजक संस्था एनआरएनका उपादक्ष्य तथा संयोजक दिनेश पोखरेलले बताएका छन् । संयोजक पोखरेलका अनुसार यही नोभेम्बरको २६ तारिखमा सिड्नीमा हुन लागेको नेपाल महोत्सवमा यसपालि नेपालको चर्चित सांगितिक ब्याण्ड कन्दरा र गायकगायिका अञ्जु पन्त र सुगम पोखरेल अष्ट्रेलिया आउँदैछन् । महोत्सवलाई सांगितिक बनाउन र मनोरञ्जन दिनका लागि सांगितिक टोलीलाई नेपालदेखि बोलाइएको हो ।
गैर आवासीय नेपाली संगठन अष्ट्रेलियाका बिभिन्न राज्यहरुमा रहेका शाखाहरुले नेपाल महोत्सवको आयोजना गर्दै आएका छन् । जसमा क्यानबेरामा रहेको नेपाली दुतावास र बिभिन्न राज्यहरुमा रहेका अवैतनिक बाणिज्यदुतावासहरुको सहयोग रहने गरेको छ भने अन्य संघसंस्थाहरुले समेत सहकार्य गर्ने गरेका छन् । विदेशमा रहेर पनि नेपालको पर्यटकीय क्षेत्रको बिकासमा योगदान पुरयाउने विशुद्ध उद्देश्य रहेकाले महोत्सवले नेपालको पर्यटन प्रबद्र्धनमा महत्वपुर्ण सहयोग पुरयाउने पोखरेलले जानकारी दिए ।
यसपालीको महोत्सवमा करिब ५० हजारको सहभागिता रहने दाबी आयोजकले गरेको छ । महोत्सवमा सहभागी हुने बिदेशी दर्शकहरुलाई नेपालको पर्यटन सम्बन्धि जानकारी दिनका लागि ‘नेपाल हाउस’ निर्माण गरिने र त्यसको माध्यमबाट आउनेजति सबैलाई नेपालसम्बन्धि जानकारी प्रदान गरिने एनआरएन अष्टेलियाका प्रवक्ता डा. ज्ञानेन्द्र रेग्मीले बताए ।
महोत्सवमा अष्ट्रेलियाली सरकारका प्रतिनिधीहरुका साथै अष्ट्रेलियाका स्थानीय राजनीतिक दलका नेता तथा सांसदहरुको उपस्थिती रहने प्रवक्ता डा. रेग्मीले जानकारी दिए । महोत्सवमा बिभिन्न ४० बढी स्टलहरु राखिनेछ जसमा पर्यटन प्रबद्र्धन गर्ने बिभिन्न स्टलहरुका साथै नेपाली परम्परागत खाना, स्थानीय नेपाली ब्यवसाय स्टलहरु हुनेछन ।
आयोजकका अनुसार सबैभन्दा पहिलो महोत्सव ब्रिसबनमा यही नोभेम्बरको १२ तारिखमा आयोजना हुदैछ भने सिड्नीमा २६ तारिख र मेलबर्नमा डिसेम्बरको १७ तारिखमा आयोजना गर्ने तय भएको छ । यसैगरि एडिलेड, पर्थ, डार्विन लगायतका स्थानमा महोत्सवको मिती तय भइनसकेको प्रवक्ता रेग्मीले जानकारी दिए ।
।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...