सुरेन श्रेष्ठको ​ ‘हुन्छ मायामा’ सार्बजनिक (भिडियो सहित )

-- The NTA / प्रकाशित मिति : बिहिबार, अशोज ६, २०७३
suren-shresthaसिड्निमा ब्यबसायिक फोटोग्राफीलाई स्थापित गर्न सफल र सिड्निका प्राय सामुहिक भेट्घाटमा भेटिने नाम हो सुरेन फोटोग्रफि अर्थात सुरेन श्रेष्ठ । उनै सुरेन श्रेष्ठल हालै एक फरक प्रस्तुत लिएर आफुलाई माया गर्ने अष्ट्रेलियाका र युट्युब मार्फत संसारभर कै संगित प्रेमि माझ आएका छन ।  निर्देशन मार्फत एक भिन्न खाले विधामा डेब्यु गरेका सुरेनले छोटो समयमा यस म्युजिक भिडियोलाई दर्शक अनि श्रोताले देखाएको सदभाबले आफु र आफ्नो टिम निकै उत्साहित भएको र सबैको सल्लाह सुझावको अपेक्षा गरेको बताए ।
सानै देखिको रुचि अनुसार ब्यबसायिक फोटोग्रफि संगै निर्देशनमा आएका सुरेनको ‘हुन्छ मायामा’ बोलको यस गीतको भिडियो एक हप्ताकै अन्तरमा १ लाख भन्दा बढीले हेरिसकेका छन् ।
उदेश श्रेष्ठ फीचरीङ गिरिश खतिवडाको उक्त गीतमा शब्द,संगीत दुबै उदेश श्रेष्ठको रहेको छ । त्यस्तै टेक बयलकोटी र सुदीप श्रेष्ठले सङ्युक्त रुपमा छायाङ्कन गरेको उक्त म्युजिक भिडियो सुदिप श्रेष्ठ र प्रबिन श्रेष्ठले सम्पादन गरेका हुन । भिडियोमा स्वयं सुरेन श्रेष्ठ, अर्चना कार्की र एन्जीलीना श्रेष्ठको अभिनय रहेको छ ।