दसैंलाई सहज बन्ने भो मुग्लिन–नारायणगढ सडकखण्ड

काठमाडौं— दसैं तथा तिहारलाई लक्षित गरी राजधानी काठमाडौंबाट बाहिरिने यात्रा सहज बनाउन नारायणगढ–मुग्लिन सडकखण्डमा सडक अवरुद्ध नहुने गरी विस्तारकार्य अगाडि बढाइने भएको छ ।
भित्ता काट्दा बेला–बेलामा सडक दुई तर्फी तथा एकतर्फी रुपमा बन्द गरेर काम गरिदै आएको छ । चाडबाडमा ठूलो संख्यामा काठमाडौंबाट यात्रु बाहिरिने हु“दा उनीहरुलाई लक्षित गरी विस्तार कार्यलाई भन्दा आवागमनलाई प्राथमिकता दिन लागिएको हो ।
निर्माणको जिम्मा पाएको कम्पनीले सेप्टेम्बर २४ भित्र सडकमा भएका सबै खाल्डा पुर्ने र २६ भित्र सडक ग्रेडिङ गरिसक्ने जनाएको छ । भूइ“मा ठूलाठूला खाल्डा भएका कारण सवारी आवागमनमा समस्या हु“दै आएको छ । पानी पर्दा र सुख्खा हु“दा दुबै समय पहिरो खस्ने समस्या पनि उत्तिकै छ ।
पहिरो खसे तत्काल हटाउनका लागि दसैंको अवधिमा पा“चवटा लोडर, ६ वटा टिपर र तीनवटा ट्याक्टर चालु अवस्थामा राखेर दोहोरो गाडी सञ्चालन गरिने नारायणगढ – मुग्लिन सडक निर्माण अयोजनाका प्रमुख चन्द्रनारायण यादवले बताए ।
अहिले भरतपुरको आ“पटारीदेखि मुग्लिनसम्म सडक फराकिलो बनाउने काम भइरहेको छ । सडकको १६ किलोदेखि मुग्लिनसम्म नौ मिटर फराकिलो र १६ किलोदेखि आ“पटारीसम्म ११ मिटर फराकिलो सडक निर्माण गरिदै छ ।
यो सडक हुदै दैनिक आठदेखि ९ हजार सवारीसाधन आवातजावत गर्दछन् ।

लुम्बिनी- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती...

काठमाडौं– हाउस अफ फेसन नेपालले गत फागुनको पहिलो साता काठमाडौंमा आयोजना गरेको...

काठमाडौं- वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । पूर्व मन्त्रीसमेत रहेका...

काठमाडौं– आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले शनिवार काठमाडौंमा आयोजना गरेको...

काठमाडाैं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासङ्घबिच भएको ९...