दसैंलाई सहज बन्ने भो मुग्लिन–नारायणगढ सडकखण्ड

काठमाडौं— दसैं तथा तिहारलाई लक्षित गरी राजधानी काठमाडौंबाट बाहिरिने यात्रा सहज बनाउन नारायणगढ–मुग्लिन सडकखण्डमा सडक अवरुद्ध नहुने गरी विस्तारकार्य अगाडि बढाइने भएको छ ।
भित्ता काट्दा बेला–बेलामा सडक दुई तर्फी तथा एकतर्फी रुपमा बन्द गरेर काम गरिदै आएको छ । चाडबाडमा ठूलो संख्यामा काठमाडौंबाट यात्रु बाहिरिने हु“दा उनीहरुलाई लक्षित गरी विस्तार कार्यलाई भन्दा आवागमनलाई प्राथमिकता दिन लागिएको हो ।
निर्माणको जिम्मा पाएको कम्पनीले सेप्टेम्बर २४ भित्र सडकमा भएका सबै खाल्डा पुर्ने र २६ भित्र सडक ग्रेडिङ गरिसक्ने जनाएको छ । भूइ“मा ठूलाठूला खाल्डा भएका कारण सवारी आवागमनमा समस्या हु“दै आएको छ । पानी पर्दा र सुख्खा हु“दा दुबै समय पहिरो खस्ने समस्या पनि उत्तिकै छ ।
पहिरो खसे तत्काल हटाउनका लागि दसैंको अवधिमा पा“चवटा लोडर, ६ वटा टिपर र तीनवटा ट्याक्टर चालु अवस्थामा राखेर दोहोरो गाडी सञ्चालन गरिने नारायणगढ – मुग्लिन सडक निर्माण अयोजनाका प्रमुख चन्द्रनारायण यादवले बताए ।
अहिले भरतपुरको आ“पटारीदेखि मुग्लिनसम्म सडक फराकिलो बनाउने काम भइरहेको छ । सडकको १६ किलोदेखि मुग्लिनसम्म नौ मिटर फराकिलो र १६ किलोदेखि आ“पटारीसम्म ११ मिटर फराकिलो सडक निर्माण गरिदै छ ।
यो सडक हुदै दैनिक आठदेखि ९ हजार सवारीसाधन आवातजावत गर्दछन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...