ज्यान गुमाएकाले पाए क्षतिपूर्ति

काठमाडौं— युएईमा ज्यान गुमाएका २२ जना नेपालीका परिवारले क्षतिपूर्ति पाएको समाचार सार्वजनिक भएको छ । पछिल्लो तीन वर्षको अवधीमा ज्यान गुमाएका एक सय ८४ जना मध्ये २२ जनाको परिवारले क्षतिपूर्ति वापत ९ करोड ३८ लाख रुपैया“ -३२ लाख १४ हजार दिहराम) पाएको बताइन्छ । युएईका लागि नेपाली दुतावास आबुधाबीको पहलमा मृतकका परिवारले यो क्षतिपूर्ति पाएका हुन् ।
युएईमा ज्यान गुमाएका मध्ये वर्ष २०७१ मा दुईजना नेपालीले क्षतिपूर्ति बापत रकम पाएका थिए । त्यसरी क्षतिपूर्ति पाउनेमा लमजुङका बजेन्द्रप्रसाद गुरुङ र चितवनका सोमराज महतोको परिवार छन् । गुरुङले ५१ लाख ६० हजार रुपैया“ तथा महतोले ५८ लाख ४२ हजार रुपैया“ पाएका हुन् ।
२०७२ मा १३ जना नेपालीले क्षतिपूर्ति बापत रकम पाएका थिए । ती मध्ये सबै भन्दा धेरै रकम गोरखाका विमल न्यौपानेको परिवारले पाएको हो । उनको परिवारले ब्लडमनी तथा स्थानीय रुपमा कम्पनीले गरिदिएको बिमा बापत ८७ लाख ६३ हजार रुपैया“ पाएका हुन् ।
ज्यान गुमाएका रूपन्देहीका अकबर अली खान, गुल्मीका नीलबहादुर कामी, तनहु“का यमबहादुर आलेको परिवारले रकम पाएका छन् । खानले २९ लाख २१ हजार रुपैया“, कामीले ४३ लाख ८१ हजार रुपैया“ र आलेले परिवारले २१ लाख ९० हजार रुपैया“ पाएका हुन् । पाउनु भएको हो । आलेले पाएको रमक भने बीमा बापत मात्रै पाएको रकम हो । सोलुखुम्बुका सोनाम माझीको परिवारले पनि बीमा मात्रैको १४ लाख ६० हजार रुपैया“ रकम पाएका हुन् ।
ब्लडमनी मार्फत बाग्लुङका डम्बरबहादुर कार्की, धनुषाका रामकुमार साह हलुवाई, चितवनका ज्ञानु गौतम, ललितपुरका सन्तोष खड्का, दोलखाका कृष्ण केसी, पा“चथरका इन्द्रबहादुर थाम्सुहाङको परिवारले रकम पाएको हो ।
२०७३ को भदौ महिनासम्ममा ७ जनाको परिवारले क्षतिपूर्ति पाएको दूतावासले जनाएको छ ।
क्षतिपूर्ति बापत प्राप्त रकम नेपाल पठाइसकिएको र परराष्ट्रले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत मृतकका परिवारलाई त्यो रकम उपलब्ध गराउने बताइन्छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...