निगमले थप्यो दुबइ उडान

काठमाडौं— यसअघि साताको तीन दिन दुवई उडान भर्दै आएको नेपाल एयरलाइन्सले दुवईका लागि एउटा उडान थप्दै अबदेखि साताको चार दिन उडान भर्ने भएको छ । आज आइतबारदेखि प्रँरम्भ भएको नया“ उडान तालिका अनुसार काठमाडौंबाट दुवईका लागि शनिबार, आइतबार, मंगलबार तथा बिहिबार राती ११ः३० बजे उडान हुनेछ । दुवईबाट आइतबार, सोमबार, बुधबार तथा शुक्रबार बिहान ४ः१० मा उडान भर्ने एयरलाइन्सले जनाएको छ । प्रत्येक फ्लाइटमा ८ विशेष तथा १ सय ५० अन्य सिटको व्यवस्था हुने एयरलाइन्सले जनाएको छ ।
एयरलाइन्सले दुवईमै कार्यालय स्थापना गरेर टिकट बिक्री वितरण गर्ने तयारी गरिरहेको बताइन्छ । निगमले अहिले युएईको अजमानमा रहेको नेशनल ट्राभल एजेन्सीलाई स्थानीय आधिकारीक एजेन्टको जिम्मा दिएर काम गरिरहेको छ ।
चार वर्ष रोकिएको उडान गत महिनादेखि काठमाडौं–दुवई सिधा उडान प्रारम्भ गरेको थियो । नेपाल वायु सेवा निगमले काठमाडौं–दुवई उडानको प्रारम्भको प्रवद्र्धनात्मक भाडादर दुईतर्फी ३२ हजार रुपैया“ तोकेको छ ।
चाडपर्वको मौसम खासगरी दसैं—तिहारमा यात्रा गर्नेको उच्च चाप भएकाले ३० किलो लगेज सहित ७ किलो हाते झोला र एउटा टिभी लैजान सक्ने व्यवस्था गरेको एयरलाइन्सले जनाएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...