सिड्नीमा रहेका काठमाडौँका युवाहरु संगठित हुँदै

काठमाडौँमा आफ्नो मुख्य बसोबास भई हाल अध्याएनका सिलिसलामा सिड्नीमा रहेका युवाहरु “काठमान्डौ यूथ” मा आबद्ध भएका छन् । “बिबिध कारण ले विदेशमा आएर सुषुप्त रहेका योग्य व्यक्तिहरुको योग्यता र क्षमतालाइ पहिचान, खोज गर्दै समूदायको कल्याणमा सहकार्य गर्ने उद्दश्यले आज हामी संगठित भएका छौ” भन्छन काठमाडौँ यूथ का नवानिर्वाचित अध्यक्ष बसन्त भण्डारी ।
अध्यक्ष भण्डारी अगाडि थप्छन् “माइतीको कुकुर त प्यारो हुन्छ भन्छन् भने हामि त मान्छे हौ”, विदेशमा बस्नु पर्दा हामीलार्इ हाम्रो देश, काठमाडौँ अनि नेपाली दाजुभाइ, दिदि बहिनीहरुको कति माया होला? त्यसैले आफ्नो देश र समूदाय संग आपसी सद्भाव, सहयोगको आदान प्रदान गर्ने उद्देश्यले आज हामी यो संस्था मा आबद्ध भएका हौ ।
नबगठित कार्य समितिको अध्यक्ष्यमा बसन्त भण्डारी छन् भने उपाध्याक्षमा पासांग शेर्पा, सचिबमा सुजित के सि , सहसचिबमा प्रसन्न जंग थापा, प्रबक्तामा प्रविन थापा छन् भने कोषाध्यक्षमा कर्म सेरफ गुरुङ रहेका छन् । साथै सदस्यहरुमा संजीव बहादुर पाण्डेय, धिरज के सि, कर्मा गुरुङ, मुखिया घले, सुनिर सिंह ठकुरी, केबिन श्रेष्ठ, रबि घले, राजिव पाण्डे, जयेश निरौला, छिरिंग घले , छिरिंग लामा, रुपेश गिरि, अनुरोध थपलिया, मिलन घले रहेका छन् । यसै गरि सल्लाहकार हरुमा, मनिष कोइराला, गगन थापा, गणेश के सि , इथान शाक्य, किरण बराल र राम श्रेष्ठ छन् ।
संस्थाले आगामी दिन हरुमा विभिन्न कार्यक्रम हरु गर्दै जाने बताएको छ । “आफ्नो जन्मभूमी छोडेर प्रवासमा रहदा विभिन्न खाले समस्या हरु संग सामना गर्नको लागि आफ्ना पुराना साथीभाइ संग सहकार्य आवश्यक रहेकोले हामी आज “काठमाडौँ यूथ” को छाता मुनि गोलबन्द हुन पुगेका हौ” भन्छन् संस्थाका उपादक्ष्य पासांग शेर्पा ।
यसै क्रममा काठमाडौँ यूथ ले एन आर एन ए अष्ट्रेलियाले आयोजना गरेको आगामी नेपाल फेस्टिभलमा स्टल राख्ने योजना गरेको र त्यसबाट केहि रकम संकलन गरि ४३ जना टुहुरा बालबालिका हरुलाईलाइ सहयोग गर्दै आएको काठमाडौँको फर्पिंग स्थित जीवन उत्थान नामक गैह्र सरकारी संस्थालाइ सहयोग गर्ने पनि पासांगले नेपाली टाइम्सलार्इ जानकारी दिए ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...