प्रस्तावित राजदूतको सुनुवाइ सम्पन्न

-- ?>

lilamani-paudel-and-deepkumar-uppdhya

काठमाडौं— व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत तथा चीनका लागि प्रस्तावित राजदूतहरुको आज बुधवार संसदीय सुनुवाइ गरेको छ । सरकारले भारतका लागि दीपकुमार उपाध्याय तथा चीनका लागि लीलामणि पौडेलको नाम सिफारिस गरी संसदीय सुनवाइका लागि संसदमा पठाएको थियो ।
प्रस्तावित राजदूतहरुले संसदीय सुनुवाइका क्रममा आफ्ना अवधारणा, कार्ययोजना तथा सोच प्रस्तुत गरेका थिए । भारतका लागि प्रस्तावित राजदूत दीपकुमार उपाध्यायले आफूलाई अघिल्लो सरकारले बिना कसुर हटाएकोमा गुनासो गर्नु भएको थियो । उहा“ले आफूले कुटनीति मर्यादाविपरीतका काम नगरेको भन्दै अघिल्लो सरकारले बिना कसुर फिर्ता बोलाए पनि पुनः पठाउने निर्णयले न्याय पाएको बताउनु भयो । सांसदहरुले ओली नेतृत्वको सरकारले लगाएका आरोपबारे उपाध्यायसंग प्रष्टिकरण मागेका थिए ।
दुबै प्रस्तावित राजदूतहरुले आफूहरुलाई सिफारिस गरेको मुलुकमा राजदूत भई काम गर्ने अवसर प्राप्त भएको खण्डमा दुई देशबीचको सम्बन्धलाई नेपालको हितमा केन्द्रित रहेर सुदृढ तुल्याउन योगदान दिने विश्वास दिलाएका थिए ।