डिभी चिट्ठाको आवेदन मंगलबारदेखि

काठमाडौं— अमेरिकाले सन् २०१८ का लागि डाइभर्सिटी भिसा (डिभी) चिट्ठा अक्टोबर ४ (मंगलबार) देखि खोल्ने भएको छ ।
काठमाडौंस्थित अमेरिकी दूतावासले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै आगामी अक्टोबर ४ को राती ९ः४५ (नेपाली समय) बजेदेखि डिभीका लागि आवेदन दिन सकिने जानकारी गराएको हो ।
दूतावासका अनुसार डिभी चिट्ठाका लागि नोभेम्बर ७ को राती १०ः४५ बजेसम्म आवेदन दिन सकिनेछ । करिव एक महिनाको अवधि दिएर सार्वजनिक गरिएको डीभी चिट्ठा भर्न कुनै शुल्क नलाग्ने दूतावासले जनाएको छ ।
दूतावासले फाराम भर्न कुनै परामर्शदाताको सहयोग नलिन समेत आग्रह गर्दै आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी अथवा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिने सुझाव दिएको छ ।
सन् २०१८ को डाइभर्सिटी भिसाका लागि आवेदकहरूले दर्ता अवधिमा www.dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडिभी) आवेदन फारम भर्न सक्नेछन् ।
यसको नतिजा सन् २०१७ मे २ (२०७४ वैशाख १९) मा सार्वजनिक हुने पनि दूतावासले जनाएको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...