डिभी चिट्ठाको आवेदन मंगलबारदेखि

काठमाडौं— अमेरिकाले सन् २०१८ का लागि डाइभर्सिटी भिसा (डिभी) चिट्ठा अक्टोबर ४ (मंगलबार) देखि खोल्ने भएको छ ।
काठमाडौंस्थित अमेरिकी दूतावासले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै आगामी अक्टोबर ४ को राती ९ः४५ (नेपाली समय) बजेदेखि डिभीका लागि आवेदन दिन सकिने जानकारी गराएको हो ।
दूतावासका अनुसार डिभी चिट्ठाका लागि नोभेम्बर ७ को राती १०ः४५ बजेसम्म आवेदन दिन सकिनेछ । करिव एक महिनाको अवधि दिएर सार्वजनिक गरिएको डीभी चिट्ठा भर्न कुनै शुल्क नलाग्ने दूतावासले जनाएको छ ।
दूतावासले फाराम भर्न कुनै परामर्शदाताको सहयोग नलिन समेत आग्रह गर्दै आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी अथवा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिने सुझाव दिएको छ ।
सन् २०१८ को डाइभर्सिटी भिसाका लागि आवेदकहरूले दर्ता अवधिमा www.dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडिभी) आवेदन फारम भर्न सक्नेछन् ।
यसको नतिजा सन् २०१७ मे २ (२०७४ वैशाख १९) मा सार्वजनिक हुने पनि दूतावासले जनाएको छ ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...