काठमाडौंमा सार्कको प्रभावकारिता सम्बन्धि सम्मेलन

काठमाडौं— काठमाडौंमा बिहिवाररेखि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को प्रभावकारिता सम्बन्धी सम्मेलन प्रारम्भ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले यो सम्मेलन उद्घाटन गर्नु भएको हो ।
दुईदिने उक्त सम्मेलनमा संगठनका सदस्य देशहरु नेपालसहित भारत, श्रीलंका, भुटान, अफगानिस्तान, बंगलादेश, पाकिस्तान तथा मालदिभ्सका विधायक, कूटनीतिज्ञ तथा राजनीतिज्ञहरु सहभागी छन् ।
व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिद्वारा पहिलोपटक आयोजित सम्मेलनमा सार्कको तीन दशक, आर्थिक सहयोग, संस्थागत विकासजस्ता पा“च विषयमा सातवटा कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम छ ।
सम्मेलनका क्रममा पा“चजना पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला, भीम रावल, नारायणकाजी श्रेष्ठ, कमल थापा तथा विजयकुमार गच्छदारले अलग–अलग सत्रको अध्यक्षता ग्रहण गर्नेछन् ।
छलफलबाट निस्केका निष्कर्षलाई सार्कको आगामी शिखर सम्मेलनमा प्रस्तुत गरिने कार्यक्रम छ ।
सन् २०१४ मा काठमाडांँमा भएको सार्कको अठारांँ शिखर सम्मेलनबाट नेपालले सार्कको अध्यक्षता ग्रहण गरेको थियो । सार्कको आगामी उन्नाइसांँ शिखर सम्मेलन पाकिस्तानको इस्लामावादमा तय गरिएको छ ।
यद्यपी भारत र पाकिस्तानबीचको तनावका कारण भारत, बांग्लादेश, भुटान र अफगानिस्तानले इस्लामावाद सम्मेलनमा सहभागी नहुने घोषणा गरेका छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...