काठमाडौंमा सार्कको प्रभावकारिता सम्बन्धि सम्मेलन

काठमाडौं— काठमाडौंमा बिहिवाररेखि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को प्रभावकारिता सम्बन्धी सम्मेलन प्रारम्भ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले यो सम्मेलन उद्घाटन गर्नु भएको हो ।
दुईदिने उक्त सम्मेलनमा संगठनका सदस्य देशहरु नेपालसहित भारत, श्रीलंका, भुटान, अफगानिस्तान, बंगलादेश, पाकिस्तान तथा मालदिभ्सका विधायक, कूटनीतिज्ञ तथा राजनीतिज्ञहरु सहभागी छन् ।
व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिद्वारा पहिलोपटक आयोजित सम्मेलनमा सार्कको तीन दशक, आर्थिक सहयोग, संस्थागत विकासजस्ता पा“च विषयमा सातवटा कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम छ ।
सम्मेलनका क्रममा पा“चजना पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला, भीम रावल, नारायणकाजी श्रेष्ठ, कमल थापा तथा विजयकुमार गच्छदारले अलग–अलग सत्रको अध्यक्षता ग्रहण गर्नेछन् ।
छलफलबाट निस्केका निष्कर्षलाई सार्कको आगामी शिखर सम्मेलनमा प्रस्तुत गरिने कार्यक्रम छ ।
सन् २०१४ मा काठमाडांँमा भएको सार्कको अठारांँ शिखर सम्मेलनबाट नेपालले सार्कको अध्यक्षता ग्रहण गरेको थियो । सार्कको आगामी उन्नाइसांँ शिखर सम्मेलन पाकिस्तानको इस्लामावादमा तय गरिएको छ ।
यद्यपी भारत र पाकिस्तानबीचको तनावका कारण भारत, बांग्लादेश, भुटान र अफगानिस्तानले इस्लामावाद सम्मेलनमा सहभागी नहुने घोषणा गरेका छन् ।

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

अष्ट्रेलिया, सिड्नी बिशेष गरि न्यू साउथ वेल्स राज्यको सिड्नी र सिड्नीको सेरोफेरोमा...

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

शैक्षिक परामर्श क्षेत्रमा अब्बल परिचय बनाएर अष्ट्रेलिया पढ्न आउने बिधार्थी र माइग्रेट...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...